अन्य जानकारीहरु
सार्वजनिक सुविधा
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी
Mission Statement
"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"
-
फिसिङ लिङ्क पठाई ईसेवाको रकम चोरी गर्ने व्यक्ति पक्राउ
२०८२-०१-०३काठमाडौं, फिसिङ लिङ्क पठाई ईसेवाको रकम चोरी गरेको अभियोगमा काठमाडौं अनामनगर बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका-१ घर भएका २२ वर्षीय राहुल बुढालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिहरूलाई एसएमएस मार्फत फिसिङ लिङ्क पठाई खाता Suspend हुन लागेको भनी चेतावनी दिई भेरिफाईको लागि लिङ्क खोल्न लगाई ईसेवामा अनाधिकृत पहुँच पुर्याई ४ हजार भन्दा बढी व्यक्तिहरूको ईसेवामा रहेको मौज्दात रकम पशुपति ग्लोबल इनोभेसन प्रा.लि. को खाताहरूमा १ करोड २ लाख रूपैयाँ बराबरको रकम ट्रान्सफर गरी रकम चोरी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कालिमाटीबाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
[ विस्तृतमा ] -
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-०१-०३काठमाडौं, गोकर्णेश्वर नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध नोर्फिन ८ एम्पुल, डाइजेपाम ८ एम्पुल र फेनारगन ८ एम्पुल सहित सोही ठाउँ बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-७ घर भएका २७ वर्षीय छिरिङ लामालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाँडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-७ बस्ने २५ वर्षीय अजय चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ पूर्व रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्राम सहित सोही नगरपालिका-४ बसन्तपुर बस्ने १७ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१९ दुईखोलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय २० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ७ सय ४० ट्याब्लेट सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोल्पा, रोल्पा नगरपालिका-८ बस्ने २६ वर्षीय रविन घर्ती मगर, सोही नगरपालिका-२ बस्ने २७ वर्षीय समिर रोका मगर, २५ वर्षीय रेमन पुन मगर र सोही नगरपालिका-८ बस्ने २५ वर्षीय विकाश केसी रहेका छन् । प्रहरी चौकी दुईखोलीबाट खटिएको प्रहरीले घोराहीबाट रोल्पातर्फ जाँदै गरेको रा.४ प ४३५३ नम्बरको मोटरसाइकल र लु.प्र.०२-००१ प १३७६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।सुनसरी, धरान उपमहानगरपालिका-१३ आँपगाछीबाट अवैध लागूऔषध गाँजा करिब १८ किलोग्राम सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने ४८ वर्षीय जोक बहादुर राई, उनकै छोरा ३० वर्षीय अमन राई भन्ने सुमन राई र धनकुटा साँगुरीगढी गाउँपालिका-३ बस्ने ३६ वर्षीय सुरज लिम्बु रहेका छन् । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले भेडेटारबाट धरानतर्फ आउँदै गरेको को.२ ह ४७३९ नम्बरको अटोमा सवारी उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । रूपन्देही, बुटवल उपमहानगरपालिका-१८ सौराहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय नगेन्द्र चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०१-०३मोरङ, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उर्लावारी नगरपालिका-८ राजघाट बस्ने ३७ वर्षीय मनोज धामीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धामीले ती महिलालाई गत चैत २८ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सुर्खेत, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-१ ढोडेखाली बस्ने ५१ वर्षीय जयकृष्ण न्यौपानेलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । न्यौपानेले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ]
हाईलाईटहरु
- जनपद प्रहरी समूहतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८२।०१।०३ गते) ।
- प्राविधिक प्रहरी समुहतर्फको विभिन्न उपसमुहतर्फ बढुवा भएका प्र.स.नि./प्र.ब.ह.र प्र.स.ह.हरुको बढुवा तथा पदस्थापन सम्बन्धमा (मिति २०८२।०१।०३ गते) ।
- प्राविधिक प्रहरी समुहतर्फको विभिन्न उपसमुहतर्फ बढुवा भएका प्रहरी हवल्दारहरुको बढुवा तथा पदस्थापन सम्बन्धमा (मिति २०८२।०१।०३ गते) ।
- प्राविधिक प्रहरी समुह ईन्जिनियरिङ उप-समूह संचार र केनाईनतर्फको प्राविधिक प्रहरी हवल्दारहरुको सरुवा सम्बन्धमा (मिति २०८२।०१।०३ गते) ।
- प्राविधिक प्रहरी निरीक्षक (मेडिकल अफिसर एम.बि.बि.एस.) पदको वैकल्पिक उम्मेदवार नियुक्ति सम्बन्धी सूचना ।(२०८२-०१-०२)
- जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८१।१२।३१ गते)।
- श्रीमान प्रहरी महानिरीक्षक दिपक थापाज्यूले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा दिनु भएको शुभकामना सन्देश ।
रिपोर्ट तथा प्रकाशन
