प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित तीन जना पक्राउ

२०८१-०१-१६

  • A
  • A-
  • A+
Share

काठमाडौं, नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-७ उजैनीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४६ एम्पुल, फेनारगन ४८ एम्पुल र नुफिन ४९ एम्पुल सहित रामग्राम नगरपालिका-७ उजैनी बस्ने ५३ वर्षीय निर्मल नेटुवालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले युपी ५६ ई २८७६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक नेटुवालाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ मझिमटारस्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलोसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा थाक्रे गाउँपालिका-३ बस्ने २४ वर्षीय विनोद तामाङ र २० वर्षीय रेशम तामाङ रहेका छन् । प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.२ ख १४१० नम्बरको हाइसलाई जाँच गर्ने क्रममा हाइसमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ
२०८१-०२-०१

मोरङ, रतुवामाइ नगरपालिका-६ कादुपाडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ५८ ग्रामसहित  भारत घर बताउने ३४ वर्षीय भगिरथ हरिजनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रणमा खटिएको प्रहरी टोलीले कारोबारीको खोजतलास गर्ने क्रममा शंकास्पद व्यक्ति बीआर ३८ क्यू ३८३० नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा पिछा गरी नियन्त्रणमा लिने क्रममा हरिजनले प्रहरीतर्फ आक्रमणको प्रयास गरेपछि प्रतिकार स्वरूप गोली फायर गर्दा घाइते भएका हरिजनलाई उपचारको लागि अरनिको अस्पताल उर्लावारी लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८१-०२-०१

झापा, भद्रपुर नगरपालिका-४ नर्सिङ बगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्रामसहित सोही नगरपालिका-३ ज्ञानेचोक बस्ने २३ वर्षीय उज्वल मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गर्दा उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ७० मिलिग्रामसहित मैवाखोला गाउँपालिका-४ घर भई इलाम माई नगरपालिका-४ दानाबारी बस्ने ३१ वर्षीय उमेश शेर्पालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०१-००२ ह ७९७ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटो चालक शेर्पालाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।मोरङ, बिराटनगर महानरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५२० मिलिग्रामसहित सुनसरी इटहरी उपमहानगरपालिका-१८ बस्ने २९ वर्षीय जेस राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३१ प ३२५५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८१-०१-३१

कास्की, पोखरा महानगरपालिका-३० खुदीस्थित खुल्ला चौरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६२ मिलिग्रामसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-३० बस्ने २४ वर्षीय बसन्त राज घिमिरे, २६ वर्षीय किरण पौडेल र सोही महानगरपालिका-३२ गगनगौडा बस्ने २४ वर्षीय सन्देश खत्री रहेका छन् । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भिमदत्त नगरपालिका-१० गड्डाचौकीबाट अवैध लागूऔषधसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय नबिन कार्की, २१ वर्षीय दिपक कार्की र २७ वर्षीय कुश कार्की रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुर, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर र इलाका प्रहरी कार्यालय गडडाचौकीबाट खटिएको टोलीले उनीहरूको घर तलासी गर्दा नबिनलाई अवैध लागूऔषध चरेश १ सय ९५ ग्राम, दिपकलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५८ मिलिग्राम र कुशलाई १५ मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।  मोरङ, बिराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५८ मिलिग्रामसहित सुनसरी इटहरी उपमहानगरपालिका-१६ बस्ने ३१ वर्षीय मिलन तामाङलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको  छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।बर्दिया, बढैयाताल गाउँपालिका-७ पडरीयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय प्रेम सुनारसहित ६ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट  खटिएको प्रहरीले उनीहरू उक्त पदार्थसहित पक्राउ गरेको हो ।ताप्लेजुङ, पाथिभरा याङबरक गाउँपालिका-१ मेवाखाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ४० ग्रामसहित फुङलिङ नगरपालिका-३ बस्ने ३० वर्षीय सुवास चन्द्र दाहाल र २५ वर्षीय योगेश भारतीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरीले पाँचथरबाट ताप्लेजुङतर्फ आउँदै गरेको प्र.१-०३-००१ प २६१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार दुवै जनालाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-१० चकमेलीघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्रामसहित सोही उपमहानगरपालिका-९ बस्ने २२ वर्षीय बिषेश नाथ योगी र २७ वर्षीय राजेन्द्र भाटलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट दुई जना पक्राउ
२०८१-०१-३०

    बाँके, बैजनाथ गाउँपालिका-५ बनकटुवा बस्ने ३२ वर्षीय भरत थारूलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय १० मिलिग्रामसहित उनकै घरबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित काठमाडौं महानगरपालिका- ७ गोंगबु बस्ने ४४ वर्षीय आशिस महर्जनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगाबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २७७६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ
२०८१-०१-३०

धनुषा, मिथिला नगरपालिका-९ बडहरीस्थित  सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २ मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिवास नगरपालिका-२ टावरटोल बस्ने २३ वर्षीय दिपक महतो र सोही ठाउँ बस्ने २८ वर्षीय सुभाष परियार रहेका छन् । इलाका प्रहरी कार्यालय ढल्केबर, लागूऔषध नियन्त्रण ब्यूरो जनकपुर र अस्थाई प्रहरी पोष्ट बडहरीबाट खटिएको प्रहरीले ढल्केबरबाट बर्दिबासतर्फ जाँदै गरेको प्र.३-०२-०१ प ०२८३  र ज.१२ प१४१६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्रामसहित टिकापुर नगरपालिका-९ बस्ने २२ वर्षीय  बिरेन्द्र साउदलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।