प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
ताजा अपडेट
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

 


 

चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी

 

Mission Statement

"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक बीच सेवा सुविधा थप सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
२०८१-१२-३०

काठमाडौं, नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा कर्जा सम्बन्धी २०७८ असार १५ गते भएको समझदारीमा उल्लेखित व्यवस्थामा सेवा सुविधा थप सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रम बीच प्रहरी महानिरीक्षक दिपक थापा र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र रमण खनालले समझदारीपत्रमा हस्ताक्षर गर्नुका साथै समझदारीपत्र आदान प्रदान समेत गर्नुभयो ।   कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक दिपक थापाले सम्झौताको लागि वाणिज्य बैंकलाई धन्यवाद दिँदै यस सम्झौताले सुरक्षित र समुन्नत समाज निर्माण गर्ने पवित्र लक्ष्यका साथ अहोरात्र खटिने प्रहरी कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी बहन गर्न थप उत्प्रेरणा र हौसला मिल्नुका साथै अवकाश प्राप्त, अमर र अशक्त प्रहरी कर्मचारी तथा आश्रित परिवारजनले सरल र सुलभ कर्जा लगायतका सुविधा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा समेत नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक बीच आपसी सहयोग आदान प्रदान हुने अपेक्षा उहाँले व्यक्त गर्नुभयो ।  उक्त अवसरमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र रमण खनालले नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकले विभिन्न चरणमा सहकार्य गर्दै आएको चर्चा गर्दै आगामी दिनमा समेत नेपाल प्रहरीसँग आवश्यक सहकार्य र समन्वय गर्दै जाने बताउनुभयो ।  सम्झौता अनुसार नेपाल राष्ट्र बैंकले तोकेको आधारभुत ब्याजदरमा राष्ट्रिय वाणिज्य बैंकले पेशाकर्मी सरल कर्जमा १.७५ प्रतिशत, घर कर्जामा १ प्रतिशत, गाडी कर्जामा २ प्रतिशत, शैक्षिक कर्जामा १ प्रतिशत प्रिमियम ब्याजदर कायम हुनेछ । बहालवाला प्रहरी कर्मचारी तथा अवकाश, अमर/शहिद र अशक्त प्रहरी कर्मचारी (पेन्सन खाता) राष्ट्रिय वाणिज्य बैंकको नियम अनुसार २० (बीस) वर्षसम्मको रू ५०,००,००० (पचास लाख) सम्म घर कर्जा तथा नयाँ सवारी साधन खरिद ७ वर्षको लागि गाडी कर्जा उपलब्ध हुनेछ । प्रहरी कर्मचारीहरूलाई वार्षिक दुर्घटना भई मृत्यु वा पूर्ण अपाङ्ग भएमा रू ५,००,००० (पाँच लाख) को बिमा हुनेछ । नियमअनुसार विदामा रहेका बाहेक अन्य खातावाला कर्मचारीहरू दुर्घटनाबाट घाइते भई उपचार गर्नुपर्ने अवस्थामा दोहोरो बिमा दाबी नहुने गरी बिमा प्राधिकरणबाट जारी भएको निर्देशिका बमोजिम अस्पतालको बसाई तथा खर्चको क्षतिपूर्ति लगायत सुविधा बिमा बापत उपलब्ध गराउने गरी नाम उल्लेख गरी बिमा गराउनु पर्नेछ । उक्त बिमाको लागि प्रतिव्यक्ति रू १०० (एक सय) शुल्क लिई बिमा गर्न सकिने छ । यसैगरी सेवा निवृत्त भएका पूर्व प्रहरी कर्मचारीहरूलाई तीन पाङ्ग्रे अटो रिक्सा खरिद तथा सञ्चालनका लागि बैंकको पेन्सनर कर्जा कार्यविधि बमोजिम कर्जा स्व: पूँजी अनुपात ८० प्रतिशत बैंक कर्जा र २० प्रतिशत स्वयमले व्यहोर्ने गरी कर्जा सुविधा प्राप्त हुने र सो कर्जा रकम सीमा कायम गर्दा ६ वर्षको पेन्सन रकम बराबर वा अटो रिक्साको परल मूल्यमा नबढ्ने गरी अधिकतम रू ५,००,००० (पाँच लाख मात्र)  मध्ये जुन कम हुन्छ सोहीको आधारमा कर्जा सीमा प्रदान गरिने छ । साथै कर्जा ५ वर्षको वा बढिमा ६० किस्तामा भुक्तानी हुने गरी अवधि कायम हुनेछ । नेपाल प्रहरी कल्याणकारी शाखाको सिफारिसमा प्रहरी परिवार, अमर/शहिद तथा अशक्त प्रहरी परिवार संलग्न रहने लघुउद्यम स्थापना, कृषि तथा पशुपालन, साना तथा मझौला व्यवसाय स्थापना तथा सञ्चालन गर्न बैंकको विद्यमान कर्जा कार्यविधिको अधिनमा रही व्यवसायको वित्तीय आवश्यकता अनुसार कर्जा उपलब्ध हुने र सो कर्जाको बैंकको आधार दरमा १ प्रतिशत प्रिमियम ब्याजदर कायम हुनेछ । साथै घर कर्जा, एसएमइ तथा कृषी कर्जाको लागि कर्जा सुरक्षा बापत घर/जग्गा अचल सम्पत्ति धितो रोक्का हुने तथा नेपाल प्रहरी संगठनमा सेवा गरी निवृत्तिभरण (अवकाश) प्राप्त गरेका पूर्व प्रहरी कर्मचारीहरूको पेन्सन बचत खाता राष्ट्रिय वाणिज्य बैंकमा खोली भुक्तानी लिएको हुनुपर्ने समेत समझदारीपत्रमा उल्लेख गरिएको छ । उक्त समझदारी २०८२ वैशाख १ गते बाट लागु हुनेछ ।    उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायत राष्ट्रिय वाणिज्य बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।  

  • फिसिङ लिङ्क पठाई ईसेवाको रकम चोरी गर्ने व्यक्ति पक्राउ
    २०८२-०१-०३

    काठमाडौं, फिसिङ लिङ्क पठाई ईसेवाको रकम चोरी गरेको अभियोगमा काठमाडौं अनामनगर बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका-१ घर भएका २२ वर्षीय राहुल बुढालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  विभिन्न व्यक्तिहरूलाई एसएमएस मार्फत फिसिङ लिङ्क पठाई खाता Suspend हुन लागेको भनी चेतावनी दिई भेरिफाईको लागि लिङ्क खोल्न लगाई ईसेवामा अनाधिकृत पहुँच पुर्‍याई ४ हजार भन्दा बढी व्यक्तिहरूको ईसेवामा रहेको मौज्दात रकम पशुपति ग्लोबल इनोभेसन प्रा.लि. को खाताहरूमा १ करोड २ लाख रूपैयाँ बराबरको रकम ट्रान्सफर गरी रकम चोरी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कालिमाटीबाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

    [ विस्तृतमा ]
  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
    २०८२-०१-०३

    काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध नोर्फिन ८ एम्पुल, डाइजेपाम ८ एम्पुल र फेनारगन ८ एम्पुल सहित सोही ठाउँ बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-७ घर भएका २७ वर्षीय छिरिङ लामालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाँडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-७ बस्ने २५ वर्षीय अजय चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो । यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ पूर्व रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्राम सहित सोही नगरपालिका-४ बसन्तपुर बस्ने १७ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१९ दुईखोलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय २० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ७ सय ४० ट्याब्लेट सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । पक्राउ पर्नेहरूमा रोल्पा, रोल्पा नगरपालिका-८ बस्ने २६ वर्षीय रविन घर्ती मगर, सोही नगरपालिका-२ बस्ने २७ वर्षीय समिर रोका मगर, २५ वर्षीय रेमन पुन मगर र सोही नगरपालिका-८ बस्ने २५ वर्षीय विकाश केसी रहेका छन् । प्रहरी चौकी दुईखोलीबाट खटिएको प्रहरीले घोराहीबाट रोल्पातर्फ जाँदै गरेको रा.४ प ४३५३ नम्बरको मोटरसाइकल र लु.प्र.०२-००१ प १३७६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।सुनसरी, धरान उपमहानगरपालिका-१३ आँपगाछीबाट अवैध लागूऔषध गाँजा करिब १८ किलोग्राम सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने ४८ वर्षीय जोक बहादुर राई, उनकै छोरा ३० वर्षीय अमन राई भन्ने सुमन राई र धनकुटा साँगुरीगढी गाउँपालिका-३ बस्ने ३६ वर्षीय सुरज लिम्बु रहेका   छन् । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले भेडेटारबाट धरानतर्फ आउँदै गरेको को.२ ह ४७३९ नम्बरको अटोमा सवारी उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । रूपन्देही, बुटवल उपमहानगरपालिका-१८ सौराहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय नगेन्द्र चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    [ विस्तृतमा ]
  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
    २०८२-०१-०३

    मोरङ, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उर्लावारी नगरपालिका-८ राजघाट बस्ने ३७ वर्षीय मनोज धामीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धामीले ती महिलालाई गत चैत २८ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सुर्खेत, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-१ ढोडेखाली बस्ने ५१ वर्षीय जयकृष्ण न्यौपानेलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । न्यौपानेले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    [ विस्तृतमा ]
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८२-०१-०३ प्राविधिक प्रहरी समुह ईन्जिनियरिङ उप-समूह संचार र केनाईनतर्फको प्राविधिक प्रहरी हवल्दारहरुको सरुवा सम्बन्धमा (मिति २०८२।०१।०३ गते) ।
२०८२-०१-०३ प्राविधिक प्रहरी समुहतर्फको विभिन्न उपसमुहतर्फ बढुवा भएका प्रहरी हवल्दारहरुको बढुवा तथा पदस्थापन सम्बन्धमा (मिति २०८२।०१।०३ गते) ।
२०८२-०१-०३ प्राविधिक प्रहरी समुहतर्फको विभिन्न उपसमुहतर्फ बढुवा भएका प्र.स.नि./प्र.ब.ह.र प्र.स.ह.हरुको बढुवा तथा पदस्थापन सम्बन्धमा (मिति २०८२।०१।०३ गते) ।
२०८२-०१-०१ जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८१।१२।३१ गते)।
२०८१-१२-३० Invitation for Bids (2081-12-31)
२०८१-१२-३० श्रीमान प्रहरी महानिरीक्षक दिपक थापाज्यूले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा दिनु भएको शुभकामना सन्देश ।
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८१-१२-२९ प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहहरू तर्फ रिक्त प्राविधिक प्रहरी जवान पदको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८१-१२-२९)
२०८१-१२-१५ प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहहरू तर्फ रिक्त प्रा.प्र.नि.,प्रा.प्र.ना.नि. र प्रा.प्र.स.नि. पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८१-१२-१५)
२०८१-०८-२१ जनपद प्रहरी समूह तर्फ प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८१-०८-२१)
२०८१-०८-२१ प्रहरी कार्यालय सहयोगी पदको विशिष्टीकृत कार्य क्षेत्र चयन फाराम (२०८१-०८-२१)
२०८१-०८-२१ दरखास्त फाराम (२०८१-०८-२१)
२०८१-०५-२८ जनपद प्रहरी समूह तर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८१-०५-२८)
हाईलाईटहरु
नेपाल प्रहरी
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

एक चिनारी (प्रहरी महानिरीक्षक दिपक थापा)
रेडियो कार्यक्रम
रेडियो कार्यक्रम (२०८१-१२-२८)
रेडियो कार्यक्रम (२०८१-१२-२५)
रेडियो कार्यक्रम (२०८१-१२-१८)

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।