www.nepalpolice.gov.np
Search The Web nepalpolice.gov.np Powered by Google
Home Check Mail Feedback Quotations Police Calendar Character Verification
News Headlines
Website Link
 
Tribute to Martyrs
How To Join Nepal Police
प्रहरी कर्मचारी नियुक्ति गर्नेकार्यविधि

१. शुरु नियूक्ति हुने पदः-
प्रहरी सेवाका देहायका पदहरुको पुर्ति साधारणतयाः नयां नियुक्तिद्धारा हुनेछ र अरु पदहरुमा बढुवाद्धारा पुर्ति हुनेछ :-
क) प्रहरी निरीक्षक
ख) प्रहरी सहायक निरीक्षक
ग) प्रहरी जवान
घ) प्रहरी परिचर

२. नियुक्ति गर्ने अधिकारी:-
प्रहरी सेवाका देहायका श्रेणीका पदहरुमा देहायका अधिकारीले नियुक्ति गर्नेछन् ।
क) प्रहरी निरीक्षक वा सो भन्दा माथिको पदमा - नेपाल सरकार
ख) प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा
-प्रहरी महानिरीक्षक । प्रहरी नायव महानिरीक्षक ।
ग) प्रहरी हवल्दार र प्रहरी जवान पदमा - प्रहरी प्रधान कार्यालय वा क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वा सो भन्दा माथिका प्रहरी अधिकृत वा क्षेत्रीय प्रहरी तालिम केन्द्रका समादेशक ।
घ) प्रहरी परिचर पदमा -प्रहरी नायव उपरिक्षक वा सो भन्दा माथिल्ला दर्जाका प्रहरी अधिक
ृतले ।

३. पदपुर्ति गने तरीकाः-
रिक्त रहेको प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकहरुको पदमा पचास प्रतिशत खुल्ला प्रतियोगिताद्धारा र पचास प्रतिशत वढुवाद्धारा नियुक्ति गरिनेछ
४. नया. नियुक्तिको आधारः-
प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा नियुक्तिको लागी देहाय वमोजिमको आधारमा छनौट गरिने छ :-
क) शैक्षिक योग्यता ।
ख) वैद्धिक क्षमता ।
ग) शारिरीक तनदुरुस्ती ।
घ) आचरण ।
ङ) उमेर ।
च) व्यक्तित
्व ।
५.खुल्ला प्रतियोगितामा भाग लिन सक्ने व्यक्तिहरुः-
क्ष्) प्रहरी निरीक्षक पदको लागी हुने खुल्ला प्रतियोगितामा निम्नलिखित योग्यता भएका व्यक्तिहरुले भाग लिन सक्नेछन् ः-

क) छनोट हुने सालको वैशाख १ गते २० वर्षउमेर पुगेका र २५ वर्षननाघेका ।
तर
१) चिकित्सक, कानुन विशेषज्ञर्,र् इन्जिनियर वा प्राविधिक पद भनि नेपाल सरकारले तोकेका अन्य प्राविधिक पदहरुमा ३५ वर्षननाघेको ।
२) खुल्ला प्रतियोगितामा भाग लिने प्रहरी सेवाका राजपत्र अनंकित कर्मचारीको हकमा ३५ वर्षननाघेको ।
ख) कुनै स्वकिृत विश्वविद्यालयवाट घटिमा स्नातक वा सो सरह उतिर्ण्र्ाारेको ।
ग) कुनै नेतिक पतन देखीने फौजदारी अभियोगमा सजाए नपाएको ।
घ) राजनितिमा नलागेको ।
ङ) कुनै ध्वंसात्मक संस्थाको सदस्य नभएको वा नरहेको ।
च) आफुले अध्ययन गरेको अन्तिम शिक्षण संस्थावाट र आफ्नो नातेदार वाहेक अरु दर्ुइ जना प्रतिष्ठित व्यक्तिहरुवाट राम्रो चरित्रको सिफारीस पाएको ।
छ) महिलाको लागी घटिमा ५ फिट र पुरुषको लागी घटिमा ५ फिट र्२र् इन्च उचाई भएको ।
ज) छाति नफुलाउदा ३१ इन्च र फुलांउदा ३३ इन्च भएको ।
झ) आखां माइनस २ वा प्लस २ भन्दा वढी कमजोर नभएको ।
ञ) प्रहरी प्रधान कार्यालयवाट तोकिएका स्वीकृत चिकित्सकवाट निरोगिताको प्रमाण-पत्र पाएको ।
ट) नोपाली नागरीक ।

६. चरित्र वुझ्नेः-
प्रहरी सेवामा नयां नियुक्त हुने उम्मेदवारको चरित्र संतोष जनक देखीएमा मात्र निजलाई प्रहरी सेवामा नियुक्ति गरीने छ ।

७. छनौट समितिः-
१) प्रहरी निरीक्षकका पदमा नियुक्तिको लागी सिफारीश गर्न देहाय बमोजिमको एक छनौट समिति गठन हुने छ ः-
क) लोक सेवा आयोगको सदस्य - अध्यक्ष
ख) सचिव, गृह मन्त्रालय - सदस्य
ग) प्रहरी महानिरीक्षक - सदस्य
घ) प्रहरी अतिरीक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक - सदस्य
२) प्रहरी सहायक निरीक्षकको पदमा नियुक्तिको लागी सिफारीश गर्न देहाय बमोजिमको एक छनौट समिति गठन हुने छ ः-
क) सह-सचिव, गृह मन्त्रालय - सदस्य
ख) लोक सेवा आयोगको प्रतिनिधि - सदस्य
ग) प्रहरी नायब महानिरीक्षक - सदस्य
घ) प्रहरी उपरीक्षक - सदस्य

८. परिक्षा र अन्तरवार्ताः-

१) खुल्ला प्रतियोगिताद्धारा पद पर्ुर्ति गर्दा सम्वन्धीत उमेदवारलाई देहायका अनिवार्य विषयहरुमा परीक्षा लिईनेछ ।

अनिवार्य विषय पर्ूण्ाङक -प्रहरी निरीक्षक)
नेपाली रचना १००
अंग्रेजी १००
सामान्य ज्ञान र वौदिक परीक्षा -आई क्यू) १००
सेवा सम्वन्धी विषय ५०
नेपाल अधिराज्यको संविधान ५०
शारिरीक तन्दुरुस्ती १००
अनिवार्य विषय पर्ूण्ाङक -प्रहरी सहायक निरीक्षक)
नेपाली रचना ५०
अंग्रेजी ५०
सामान्य ज्ञान र वौदिक परीक्षा -आई क्यू) १००
सेवा सम्वन्धी विषय ५०
नेपाल अधिराज्यको संविधान ५०
शारिरीक तन्दुरुस्ती १००


२) उप-नियम -१) बमोजिम लिईने परीक्षाको संचालन सम्वन्धी छनौट समितिवाट हुने छ ।
३) उप-नियम -१) बमोजिम लिइएको लिखित परीक्षामा उम्मेदवारले प्रत्येक विषयमा ४५ प्रतिशत अंक प्राप्त गरेमा निज सो परीक्षामा उतिर्ण्र्ााएको मानिने छ ।
४) उप-नियम -३) बमोजिम उतिर्ण्र्ााएको उमेदवारलाई सम्वन्धीत छनौट समितिवाट देहायका विषयहरुमा अन्तरवार्ता लिईने छ र त्यसको पूर्ण्ााङक १०० हुने छ ।
क) उम्मेदवारको मौखिक अभिव्यक्ति ।
ख) उम्मेदवारको तर्कशक्ति ।
ग) उम्मेदवारको प्रतिकूल परिस्थितिमा विचलीत नभई काम गर्न सक्ने क्षमता ।

९. योग्यताक्रम सूची तयार गर्नेः-
१) उम्मेदवारहरुले नियम १६ बमोजिम लिईएको परिक्षा र अन्तरवार्तामा प्राप्त गरेको अंकको आधारमा योग्यता क्रम सूचि तयार गरी छनौट समितिले नियूक्ति गर्ने अधिकारी समक्ष नियूक्तिका लागी शिफारीस साथ पेश गर्ने छ । कूल रिक्त पदको बढीमा १५ प्रतिशतसम्म योग्यताक्रमानुसार वैकल्पिक उमम्मेदवार राखिने छ ।
२) उपनियम -१) बामेजिम वैकल्पीक उम्मेदवारको रुपमा रहेका व्यक्तिहरुलाई आवश्यकता अनुसार छनोट समितिले नियूक्ति गर्ने अधिकारी समक्ष नियूक्तिका लागी शिफारीस पेश गर्नेछ ।
३) वैकल्पीक उम्मेदवारहरुले एक वर्षसम्म पनि नियूक्ति प्राप्त गर्न नसकेमा उक्त सुचि स्वतः खारेज हुनेछ ।

१०. परिक्षण काल राखिने ः-
१) नयां नियुक्ति गरिएका प्रहरी कर्मचारीलाई एक वर्षो परिक्षण कालमा राखिने छ । सो अवधिमा त्यस्तो प्रहरी कर्मचारीले सन्तोषजनक काम गर्न नसकेमा एक तह माथिको स्वीकृत लिई निजलाई पुनः एक वर्षो परिक्षण कालमा राख्न सकिने छ ।
ख) उप-नियम -१) बमोजिम थप भएको परिक्षणकालमा रहेको कुने प्रहरी कर्मचारीको काम सन्तोष जनक नभएमा निजलाई नियुक्ति गर्ने अधिकारीले हटाउन सक्नेछ ।

११. नियुक्ति सदर गर्नेः-
क) नयां नियुक्ति भई परिक्षणकालमा राखिएको प्रहरी कर्मचारीको काम सन्तोषजनक भएमा र प्रहरी अधिकृत -आधारभुत) तालिममा उतिर्ण्र्ााएका राष्ट्रिय झण्डा, प्रहरी झण्डा र आफुले मानेको धर्म ग्रन्थ छुवाई अनुसुचि १ बमोजिम को शपथग्रहण गराएर मात्र निजको नियुक्ति सदर गरिनेछ ।
ख) उप-नियम -१) बमोजिम निवेदन दिने उम्मेदवारमा देहायको योगता पुगेको हुनु पर्नेछ ।
१) प्रहरी जवान पदको लागी छनोट हुने सालको वैशाख १ गते १८ वर्षउमेर पुगेको र २३ वर्षननाघेको तथा प्रहरी परिचर पदको लागी छनोट हुने सालको वैशाख १ गते १६ वर्षउमेर पुगेको र ३५ वर्षननाघेको ।
२) नेपाली लेखपढ गर्न राम्रो संग जानेको ।
३) नैतिकपतन देखीने फौजदारी अभियोगमा सजाए नपाएको ।
४) राजनितिमा नलागेको ।
५) कुनै विध्वंन्सात्मक संस्थाको सदस्य नभएको ।
६) प्रहरी प्रधान कार्यालयवाट तोकिएको स्वीकृत चिकित्सकवाट निरोगिताको प्रमाण-पत्र पाएको
७) आंखा माइनस २ वा प्लस २ भन्दा वढी कमजोर नभएको ।
८) छाति नफुलाउंदा ३र्०र् इन्च र फुलाउंदा ३र्२र् इन्च भएको ।
९) महिलाकोलागी घटिमा ५ फिट र पुरुषको लागी घटिमा ५ फिट २ इन्च उचाई भएको ।
ग) उप-नियम -२) बमोजिमको योगयता भएको उममेदवारहरुको अन्तरवार्ता देहायको समितिवाट लिईनेछ
१) समादेशक, प्रहरी तालिम केनद्र - अध्यक्ष
२) प्रतिनिधि, क्षेत्रीय प्रहरी कार्यालय - सदस्य
३) तालिम केनद्र रहेको जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि - सदस्य
४) प्रतिनिधि जिल्ला प्रहरी कार्यालय - सदस्य
घ) उप-नियम -३) बमोजिमको समितिले अन्तरवार्तामा सफल भएका उम्मेदवारहरुको सिफारीस गरी नियुक्तिको लागी प्रहरी प्रधान कार्यालय वा क्षेत्रीय प्रहरी कार्यालप प्रमुख वा क्षेत्रीय प्रहरी तालिम केन्द्रका समादेशक समक्ष पठाउने छ । त्यसरी सिफारीस गरिएका उम्मेदवारहरुको नियुक्ति तालिम सफल भएमा र निजहरुको चरित्र सन्तोषजनक देखीएमा मात्र सदर गरिने छ ।
ङ) प्रहरी जवानमा नियुक्ति गर्दा सम्वन्धीत व्यक्तिलाई राष्ट्रिय झण्डा, प्रहरी झण्डा र आफुले मानेको धर्मग्रन्थ छुवाई अनुसुचि १ बमोजिमको शफथग्रहण गर्रा
ईने छ ।
१२. जेष्ठताक्रम कायम गर्नेः-
प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकको जेष्ठताक्रम कायम गर्दा निजहरुले प्रहरी अधिकृत - आधारभुत) तालीम प्राप्त गरेको अंकको आधारमा कायम गरिनेछ ।

Inspector General of Police
Om Bickram Rana
Notice Of Nepal Police
Emergency Numbers
Press Policy
Voice Of People
Links
Traffic Police
National Police Academy
Nepal Police School
  Crime Division
Hanumandhoka
  Other Websites
 
 
 
Police Personnel Email
Weather Forcast
Foreign Exchange
News Archive
This page has been visited : HTML Counter times since 01-03-2065 B.S.
© by nepalpolice.gov.np, 2003-2004. Site designed and maintained by Nepal Police, Computer Division, Naxal, Kathmandu. For further information contact info@nepalpolice.gov.np