(१) प्रहरी नायव महानिरीक्षक तिम्सिनाबाट शान्ति सुरक्षाबारे जानकारी
दिपायल, साउन ७ गते
दिपायल क्षेत्रको शान्ति सुरक्षामा आइपर्ने चुनौतिहरु, सीमा अपराध एवं अन्य प्रकृतिका अपराधको रोकथाम तथा नियन्त्रणबारे जानकारी दिन क्षेत्रीय प्रहरी कार्यालय दिपायलमा साउन ६ गते पत्रकार सम्मेलनको आयोजना गरियो ।
कार्यक्रममा सो कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक कल्याणकुमार तिम्सिनाले सो क्षेत्रको शान्ति सुरक्षा, सीमा अपराध एवं अन्य प्रकृतिका अपराधको रोकथाम तथा नियन्त्रणबारे जानकारी गराउनुका साथै सुरक्षाको स्थिति अझै मजबुद बनाउन प्रहरीबाट चालिएका कदमहरुबारे जानकारी गराउनुभएको थियो ।
सो अवसरमा प्रहरी नायव महानिरीक्षक तिम्सिनाले सञ्चारकर्मीहरुबाट राखिएका जिज्ञासाहरुको जवाफ दिनुको साथै प्रहरी र सञ्चारकर्मीबीचको सम्बन्ध अझै मजबुद बनाउन ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको थियो । |