(१) विच भलिबल प्रतियोगितामा नेपाल प्रहरी टीम प्रथम
काठमाडौँ, साउन ८ गते
नेपाल भलिबल संघको आयोजनामा काठमाडौँमा संचालित प्रथम राष्ट्रिय विच भलिबल प्रतियोगितामा नेपाल प्रहरीको पुरुष भलिबल टीमले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
साउन ३ र ४ गते काठमाडौंमा सम्पन्न भएको उक्त प्रतियोगितामा प्रहरी हवल्दार इमबहादुर मगर उत्कृष्ट खेलाडी घोषित भएको कुरा नेपाल प्रहरी केन्द्रीय खेलकूद समिति काठमाडौँले आज जनाएको छ ।
|