(१) सिलाई कर्टाई तालिम समापन
चितवन, भदौ ११ गते
घरेलु तथा साना उद्योग कार्यालय चितवनको सहयोग तथा मध्यक्षेत्रीय प्रहरी परिवार महिला संघद्धारा आयोजित ३ महिने सिलाई कर्टाई आधारभूत तालीम समापन भएको छ ।
उक्त तालिम समापनका अवसरमा आज मध्यक्षेत्रीय प्रहरी परिवार महिला संघको कार्यालय भरतपुरमा आयोजित एक समारोहमा सो संघका अध्यक्ष श्रीमती अन्जु गौतमले प्रशिक्षार्थिहरुलाई उपहारसहित प्रमाणपत्र वितरण गर्नुभयो ।
सो अवसरमा समारोहका प्रमुख आतिति अध्यक्ष गौतमले प्रहरी परिवारले आफ्नो योग्यता, क्षमता र रुची अनुसारको सीप सिकेर आयआर्जनमा सहयोग र पारिवारिक जिम्मेवारी बहन गर्न कुशल सहयात्री बनीरहनु आजको आवश्यकता हो भन्नुभयो ।
सो अवसरमा सो संघका सह-सचिव श्रीमती तारा नेपालले स्वागत मन्तव्य तथा प्रहरी परिवारका सदस्य पवित्रा दाहालले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
उक्त तालीममा २३ जना प्रहरी कर्मचारीका परिवारहरु सहभागिता रहेको र घरेलु तथा साना उद्योग कार्यालय चितवनले दुइ जना प्रशिक्षक उपलव्ध गर्राई सहयोग गरको थियो ।
समारोहमा प्रमुख जिल्ला अधिकारी, मध्यक्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण गौतम, मध्यक्षेत्रीय प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, प्रहरी अधिकृत तथा सशस्त्र प्रहरी अधिकृत, राष्ट्रिय अनुशन्धान चितवनका उपरीक्षक र घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत एवं संचारकर्मीहरुको समेत उपस्थिति रहेको । |