www.nepalpolice.gov.np
Search The Web nepalpolice.gov.np Powered by Google
Home Check Mail Feedback Quotations Police Calendar Character Verification
News Headlines
Website Link
 
Tribute to Martyrs
Human Resource Department

भूमिका

नेपाल सरकार (मन्त्रीपरिषद) को मिति २०६१।०१।१७ गतेको निर्णयअनुसार नयाँ श्रृजना भएको मानवश्रोत बिकास बिभागको संगठनात्मक स्वरुप, उदेश्य र कार्य बिभाजन लगायत यस बिभागलाई आवश्यक पर्ने भौतिक पूर्वाधार समेतको व्यबस्थापन गर्नको लागि गठित बोर्डले छलफल तथा अन्बेषण गरि तयार पारिएको संगठनात्मक स्वरुप तथा यस बिभागलाई आवश्यक पर्ने जनशक्ति समेतको पहिचान गरि दिईएको जिम्मेवारी बमोजिम प्रतिवेदन पेश गरिएको छ ।

मानवश्रोत बिकास बिभाग स्थापनार्थ गठित बोर्डलाई प्राप्त जिम्मेवारीको अलावा यस बिभागलाई अझै प्रभावकारी बनाउन बोर्डले महसुस गरेका सुझावहरु समेत यसै साथ पेश गरिएको छ ।

१. नेपाल प्रहरीमा कार्यरत सम्पुर्ण मानवश्रोतलाई उचित व्यबस्थापन गर्नको लागि मानवश्रोत व्यबस्थापनका भर्ना(Recruitment to Retirement ) सम्मका चार मुख्य कार्यहरु- -क) मानवश्रोतको आपूर्ति (Getting the people) -ख) मानवश्रोतको प्रशिक्षण (Making the people) ग) मानवश्रोतको परिचालन (Using the people) -घ) मानवश्रोतको उत्प्रेरणा (Keeping the people) लाई एउटै बिभाग अर्न्तगत राखी मानवश्रोतको व्यबस्थापन गरेमा हाल प्रशासन बिभाग माथि रहेको कार्य बोझ कम हुनुका साथै मानवश्रोतको व्यबस्थापन प्रभावकारी हुने महसुस गरि सोही अनुरुप योजना तयार गरिएको छ ।

२. नेपाल प्रहरीको मानवश्रोत व्यबस्थापनको लागि नयँा श्रृजना भएको बिभागको नामाकरण "मानवश्रोत बिकास बिभाग" भएता पनि मानवश्रोतको सम्पूर्ण पक्षको व्यबस्थापन कार्य सुनियोजित र समन्वयात्मक रुपमा गर्नको लागि मानवश्रोत बिकास बिभागको नाम परिवर्तन गरि "मानवश्रोत व्यबस्थापन बिभाग" नामारकण गरि मानवश्रोत व्यबस्थापनका सम्पूर्ण कार्यहरु एउटै छाता (Umbrella_ ) मुनि राखी कार्य गर्न उपयुक्त हुने देखिन्छ ।

३. अपराध अनुसन्धान बिभाग, कार्य बिभाग, प्रशासन बिभाग तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले निर्वाह गर्नु पर्ने जिम्मेवारीहरुलाई योजनाबद्ध एंव प्रभावकारी ढंगबाट निर्वाह गर्नको लागि आवश्यक पर्ने योग्य र दक्ष जनशक्ति मानवश्रोत व्यबस्थापन बिभागले पूर्ति गर्ने र त्यसका लागि आवश्यक पर्ने अन्य भौतिक तथा आर्थिक श्रोत साधन प्रशासन बिभागबाट परिपूर्ति हुने व्यबस्था मिलाउनको लागि हाल बिद्यमान प्राबिधिक निर्देशानालयलाई प्रशासन बिभाग अर्न्तगत गाभिनु बढि प्रभावकारी तथा उत्पादकत्वपूर्ण हुने देखिन्छ ।

४. मानवश्रोत व्यवस्थापन विभागले गर्नुपर्ने कार्यहरु बाहेक अन्य सामान्य प्रशासनिक
अहृन खटन प्रशासन विभागले गर्ने ।

Next
Inspector General of Police
Om Bickram Rana
Notice Of Nepal Police
Emergency Numbers
Press Policy
Voice Of People
Links
Traffic Police
National Police Academy
Nepal Police School
  Crime Division
Hanumandhoka
  Other Websites
 
 
 
Police Personnel Email
Weather Forcast
Foreign Exchange
News Archive
This page has been visited : HTML Counter times since 01-03-2065 B.S.
© by nepalpolice.gov.np, 2003-2004. Site designed and maintained by Nepal Police, Computer Division, Naxal, Kathmandu. For further information contact info@nepalpolice.gov.np