www.nepalpolice.gov.np
Search The Web nepalpolice.gov.np Powered by Google
Home Check Mail Feedback Quotations Police Calendar Character Verification
News Headlines
Website Link
 
Tribute to Martyrs
Police Welfare
प्रहरी कल्याण कोष

(क) परिचय:
प्रहरी कर्मचारीहरु कर्तव्यपालनको सिलसिलामा चौविसैघण्टा ब्यस्त रहनु पर्ने, हरदम ज्यान जोखिममा राख्नु पर्ने, घर-परिवारलाई आवश्यकता अनुसार समय दिन नपाउने तथा मुलत: प्रहरीका बालबच्चाको शिक्षा-दीक्षामा समेत उचित दृष्टि पुर्‍याउन नपाई कठिनाई व्यहोर्नु परेकोले संगठनले सामुहिक सहयोग र योगदान अनुरुप स्थापना गरिएको कोष हो।
() उद्देश्य
(१) बहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीहरुको परिवारको उचित शिक्षा-दीक्षाको व्यवस्था गर्नु ।
(२) दैविप्रकोप, दुर्घटना अथवा असामान्य अवस्थाबाट पीडित बहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीहरुका लागि आर्थिक सहयोग गर्नु ।
(३) बहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीहरु र परिवारको आवाशको व्यवस्था गर्नु ।
(४) बहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीहरु र परिवार समेतको उपचारको व्यवस्था गर्नु ।
(५) बहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीहरु र परिवारको भलाइको निमित्त सामाजिक तथा अन्य कल्याणकारी कार्यको  व्यवस्था गर्नु ।
(५) मुलुकमा दैवि प्रकोप वा अन्य विपत्तिको अवस्थामा आर्थिक सहयोग प्रदान गर्नु समेत कोषको विधानमा उल्लेखित उद्देश्य रहेको छ ।

बिधानमा उल्लेखित उद्देश्यहरु पूर्ति गर्न संघ संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम श्री जिल्ला प्रशासन काठमाण्डौंबाट द.नं ५७ -५२-५३ मिति २०५२।४।१८ मा गैर सरकारी संस्थाको रुपमा प्रहरी कल्याण कोष दर्ता भई अध्यावधिक संचालन भै रहेको छ ।

(ग) प्रहरी कल्याण कोषबाट प्रदान गरिने सेवा तथा सुविधाहरु :
(i) सेवाहरु :
१. शैक्षिक छात्रबृत्ति तथा शुल्क मिनाहा
२. दुर्घटना जिवन वीमा सहुलियत
३. तत्काल उपलब्ध गराइने किरिया खर्च तथा राहत
४. भू पू प्रहरी कर्मचारी तथा प्रहरी कर्मचारीका परिवारको उपचारका लागि अक्षयकोषको स्थापना

 

(ii) सुविधाहरु :
१. अतिथि गृह - काठमाडौं र नेपालगञ्ज
२. आवास गृह (Quarters) सुविधा - काठमाडौं
३. यु.एन. मिशनमा जाने अधिकृत तथा जवानहरुलाई थप लत्ता कपडा
४. चमेना गृह सञ्चालन
(घ) प्रहरी कल्याण कोषको परिचालन :

१. क्षेत्रीय कल्याण कोषको स्थापना
२. पेट्रोल पम्प संचालन
३. हेल्थ क्लव
४. सपिङ्ग कम्प्लेक्सहरु
५. FPU हाईटी मिशन
६. FPU सुडान मिशन
Inspector General of Police
Om Bickram Rana
Notice Of Nepal Police
Emergency Numbers
Press Policy
Voice Of People
Links
Traffic Police
National Police Academy
Nepal Police School
  Crime Division
Hanumandhoka
  Other Websites
 
 
 
Police Personnel Email
Weather Forcast
Foreign Exchange
News Archive
This page has been visited : HTML Counter times since 01-03-2065 B.S.
© by nepalpolice.gov.np, 2003-2004. Site designed and maintained by Nepal Police, Computer Division, Naxal, Kathmandu. For further information contact info@nepalpolice.gov.np