(क) प्रस्तावना :- प्रहरी संगठनको स्थापना समाजमा शान्ति सुव्यवस्था कायम राख्ने मूलभूत उद्देश्यबाट परिलक्षत भएको हुंदा यो संगठन जनउत्तरदायी हुनै पर्दछ । यो संगठन नागरीकाको लागी स्थापितभएकोले पनि जनसहयोगको लागि जनसहभागिता अपरिआर्य छ । जनसहभागिता विना नागरिकको आवश्यकता महशुस नगरिएको जनसेवाको कुनै महत्व हुंदैन । शान्ति-सुरक्षा जस्तो सम्वेदनशील कार्यमा नागरकि संग सांझेदारी गर्न नसकेमा प्रहरी सेवा वास्तविक सेवा हुन नसक्ने कुरा यथार्त हो । तर्सथ, यदि नागरीक सम्म सूचना पुर्याउने राष्ट्रको चौथो अंग संचार माध्यम संग हामीले राम्रो सर्म्पर्क र समन्वय राख्न सकेनौ भने प्रहरीलाई यथार्थमा जनसेवा प्रदान गर्न ज्यादै अप्ठ्यारो पर्न जान्छ ।
यो कुरा भुल्न हुन्न कि हामीले पनि नचाहे पनि संचारमाध्यमनै जनसमक्ष आफ्नो कुरा राख्ने उपयूक्त र एकमात्र भरपर्दो माध्यम हो र यसको समुचित उपयोग द्धारानै हामी सफल हुन सक्छौं । प्रजातान्त्रीक समाजमा संचारमाध्यमले जनमत सृजना गर्ने र एकीकृत गर्ने काममा महत्वपुर्ण भुमिका निर्वाह गर्दछ । नेपालको संविधानमा र्सार्वजनिक महत्वका विषयहरुमा जनशाधारणलाई जानकारी उपलब्ध गराउनु पर्ने विषय स्पष्टरुपमा तोकीएको छ । प्रहरी संगठनको कार्यक्षेत्र पनि र्सार्वजनिक चासो र नागरिकसंग सरोकार राख्ने भएकोले सो संग सम्विन्धीत सूचना प्रवाह गर्नु प्रहरीको दायिप्रहरी कृयाकलापको यथार्थ विवरण जनसमक्ष पुग्नसके प्रहरीप्रति रहन गएको नागरिकको परम्परागत धारणा र आशंका मेटीदै जान्छ, जनविश्वास वढदै जान्छ र प्रहरी संगठनको छवि सङ्लो हुंदै जान्छ । यसैलाई ध्यानमा राखी केन्द्रमा केन्दीय प्रहरी समाचार कक्ष र क्षेत्रमा क्षेत्रीय प्रहरी समाचार कक्ष स्थापना गरिएका छन् । जनसरोकारका कुनैपनि सूचना यदि गोप्य राख्नु पने भएमा मात्र गोप्य राखेर अन्य सूचना उपयूक्त संचारमाध्यममार्फ जनशमक्ष प्रस्तुत गर्न सकेमा धेरै भ्रमहरु निर्मुल हुन सक्दछन् ।
तथ्यगत सूचनाको अभावमा पत्रकारहरुले अनुमानको आधारमा प्रकाशित गरेका कतिपय समाचारहरुले राष्ट्रिय हित र संगठनको प्रतिष्ठानमा समेत आँच आएका धेरै उदाहरणहरु हामी समक्ष छन् । तर्सथः उपयुक्त तरीकाले निश्चित प्रक्रिया र समय अनुसार सूचनाको सम्प्रेषण गर्नाले प्रहरीलाई जनसेवा प्रदान गर्ने कार्यमा सहयोग नै पुग्दछ, हामीले मनन् गर्नु पर्ने कुरा पनि यही नै हो ।
यो नीति मुख्यतः संचारमाध्यमले प्रहरी क्रियाकलाप सम्बन्धी समाचार निर्वाधरुपले संकलन र प्रसार गर्न पाउनु पर्ने तथा आमनागरिकको प्रहरीसम्बन्धी क्रियाकलाप बारे सुसूचित हुने अधिकारलाई हुने अधिकारलार्य आत्मसात् गरेर निर्माण गरिएको हो ।
हामीले एउटा कुरा के बिर्सन हुँदैन भने, प्रहरीबाट समाचार संप्रेषण नभएको अवस्थामा पनि आमसंचारमाध्यमले आफ्नो विवेक अनुसार समाचार संकलन गरी प्रकाशन गर्ने कार्य गर्दछन् । त्यसैले जनसरोकारका विषयहरुमा सत्यतथ्य समाचार प्रहरीबाट समयमै संचारमाध्यममा प्रवाह गरी प्रचार-प्रसार तथा प्रकाशनमा ल्याउनु सबै पक्षको लागी हितकर हुन्छ । यसका लागी निम्न नीतिगत कुराहरुमा सदैव विचार गर्नु पर्दछ ।
(ख) आचरण :-
संचारमाध्यमसंग नकारात्मक सम्बन्ध भएमा त्यसको प्रभाव आमनागरिकसँगको सम्बन्धमा पनि पर्छ । नागरिकसम्म आफ्ना कुरा पुर्याउने र प्रहरीको छवि राम्रो पार्ने माध्यम नै मिडिया भएकोले प्रत्येक प्रहरी कर्मचारीले आफ्नो व्यवहारमा शिष्टता र व्यावसायिकता देखाउनु पर्छ । तपाईको सहयोगविना पनि मिडियाले काम गर्न सक्ने हुनाले त्यसलाई नियन्त्रण गनुभन्दा त्यसप्रतिको सहयोग र सद्भावको प्रतिफल राम्रो हुन्छ । उदारणको लागी - क्यामारा हातले छोप्नु भएमा प्रहरीले केहि लुकाउन चाहिरहेको छ भन्ने भान पर्न सक्छ । त्यसै गरी जिद्धिखाले संचार कर्मी संग ब्यवहार गर्दा नम्ररुपमा आफनो व्यवसायिकता पर््रदर्शन गर्नुपर्ने हुन्छ । कतिपय पत्रकारलाई प्रहरीका कामकारवाहीका बारेमा थोरै जानकारी हुन सक्छ । र त्यस्तो अवस्थामा त्यो पत्रकारको अज्ञानताबाट गलत समाचार प्रवाह नहोस भन्नाका लागी प्रहरी कर्मचारीले आफ्नो पेशागत मर्यादालाई ध्यानमा राखी सम्वन्धीत विषयमा पत्रकारलाई आवश्यक जानकारी दिनु पर्दछ ।
(ग) गल्ती स्वीकार गर्ने :-
गल्ती गर्नु भनेको मानवीय गुण हो । प्रत्येक ब्यक्तिबाट कुनै न कुनै बेला गल्ती हुन सक्छ । गल्ती भएमा त्यसलाई स्वीकार गर्ने, क्षमा माग्ने र त्यसबाट पाठ सिक्ने काम गर्नुपर्छ । क्षमा माग्दा नकरात्मक समाचारको वजन पनि त्यतिनै चांठै कम हुन जान्छ । तर्सथ विषयवस्तुलाई बङ्ग्याएर आफ्ना कुरा मात्र ठिक भन्ने र गल्ती स्वीकार नगर्ने हो भने पत्रकारले आफ्नो दक्षताको अभ्यास गर्ने मौका पांउछ र त्यो समाचारको गहिर्राईसम्म पुग्न दृढताका साथ लाग्छ । यस कुरामा पनि विचार पुर्याउनु पर्छ ।
(घ) No Comment का बारेमा :-
पत्रकारहरुसंग No Comment भनेर केही फाईदा हुंदैन । यदि कुनै पत्रकार एउटा समाचारको पछाडी परेको छ भने उसलाई त्यो समाचार लेख्न तपाईको "No Comment" ले रोक्न सक्दैन । बरु तपाईको "No Comment" भन्ने उत्तर समाचारमा नराम्रो संग चित्रण गरीएको हुनसक्छ । तर तपाईको त्यही उत्तरलाई "No Comment" नभनेर अर्को तरिकाले पनि दिन सकिन्छ । उदाहरणको लागी नीतिगत कुरा भएकोले यसवारेमा मैले अहिले केही भन्न मिल्दैन अथवा यस विषयलाई अर्कै अधिकृतले हेर्ने हुंदा मैले केही भन्न मिलेन भन्न सकिन्छ ।
(ङ) विशेष समाचार (Exclusive) :-
पत्रकारले विशेष समाचार तयार गर्नु स्वभाविक प्रकृया हो । प्रेस विज्ञप्तिको पुनर्लेखन गरेर बस्नु भन्दा कुनै पनि समाचारको फिल्डमा आधारीत विश्लेषण गर्नका लागी पनि पत्रकारहरु नियूक्त भएका हुन्छन् । साधारणतः कुनै पत्रकारले Exclusive Story बनाउन खोजेको छ भने त्यसको सम्मान गर्ने र सोका बारेमा अरु पत्रकारलाई जानकारी दिनु हुँदैन । तर, समाचारजन्य घटनाका बारेमा पत्रकारप्रति बढि सहिष्णु भएर उसका लागी सुराकीको जतो काम गर्नु हुँदैन । मिडियाको विशेष ध्यानाकर्षा भएका विषयवस्तुहरुमा सबै पत्रकारलाई उपलब्ध सूचनाको जानकारी दिनु पर्छ ।
(च) समाचार नियन्त्रण :-
प्रहरीले शुद्ध, ताटस्थ र ठीक मिडिया ऋयखभचबनभ को आशा गर्नु अधिकारकै कुरा भएतापनि समाचार कसरी प्रेसित गर्ने अथवा समाचारमा सेन्सर गर्ने भन्ने कुरामा उसको केही भूमिका हुंदैन । बजारमुखी मिडियाले आफ्नो उत्पादन विक्रिका लागी गरेको व्यपारलाई प्रहरीले मन नपराएर पनि त्यसलाई स्वीकार गर्नुपर्ने हुन्छ । त्यसै गरी उपभोक्ताका लागी कुन मिडियाका सामाग्री चाहीने अथवा दर्ुघटना र र्घाईते सम्वन्धी कस्ता ँययतबनभ प्रयोग गर्ने भन्ने विषयमा प्रहरलिे नियन्त्रण गर्न सक्दैन । साधारणतः मिडियाले स्वस्फर्ुतरुपमा आफैले यस कुराको सम्पादन गर्छ ।
(छ) मिडिमासंग कसले कुरा गर्न सक्छ :-
साधारणतः तल लेखीएका बुंदाहरुमा आधारीत रहेर तोकीएका प्रहरी अधिकृत -प्रवक्ता, कार्यालय प्रमुख, कार्यालय प्रमुखले तोकेको व्यक्ति र घटनामा प्रत्यक्ष संलग्न व्यक्ति) ले मिडिया संग कुरा गर्न सक्नेछन् ।
१. तोकीएका अधिकृतले आफ्नो कार्य क्षेत्र र फिल्डको प्रत्यक्ष अनुभव भएका विषयमा मात्र बोल्नु पर्छ । कार्य क्षेत्र भन्दा बाहीरको विषयमा बोल्नु हुंदैन ।
२. यस सर्न्दर्भमा कुनै भ्रम आशंका भएमा आफ्नो सुपरीवेक्षकको राय लिनु पर्छ ।
३. महत्वपर्ुण्ा घटनाको छानविन जस्ता कुराको गोप्य सूचना दिनेलाई विभागीय कारवाही मात्र हुने नभएर त्यस्ता सूचना गोप्य रुपमा नसक्ने भनेर प्रहरीको व्यावसायिकता माथिनै प्रश्न लाग्न सक्छ । सम्वद्ध अधिकृतहरु यसतर्फविशेष सजग हुनु पर्दछ ।
४. कुनै घटाका सम्वन्धमा आफूलाई पर्ूण्ारुपमाजानकारी भएमा प्रवक्तालाई पत्रकार सम्मेलनमा सहयोग गर्नुपर्छ ।
(ज) प्रहरी प्रवक्तको व्यवस्था :-
नीतिगत कुरामा गृह मन्त्रालयका प्रवक्ताले बोल्ने भन्ने संद्धान्तिक प्रावधान रहेता पनि कतिपय घटनामा प्रहरी अधिकृतले बोल्न पर्ने भन्ने संचारमाध्यमको मान्यता हुन्छ । तर्सथ, खास गरेर कार्य विभाग, अपराध अनुसन्धान विभाग र प्रशासन विभागका क्रियाकलाप लगायत प्रवाह गर्न सकिने प्रहरीका आन्तरिक नीतिगत कुरा स्पष्ट रुपमा नागरिकसम्म पुर्याउन तत्काल निम्न बमोजिम प्रवक्ताको व्यवस्था गरिने छ ।
१. प्रहरी प्रधान कार्यालयमा एकजना उच्च प्रहरी अधिकृतलाई केन्द्रिय प्रहरी प्रवक्ता तोक्ने ।
२. प्रहरी प्रधान कार्यालय मातहतका प्रत्येक विभागमा एक एकजना मिडिया संयोजक तोक्ने र ती अधिकृतले आफ्नो विभागसँग सम्बन्धित समाचार जन्य विषयको केन्द्रिय प्रवक्ता र केन्द्रिय प्रहरी समाचार कक्षलाई जानकारी दिने ।
३. क्षेत्रीय प्रहरी कार्यालय, उपत्यका प्रहरी कर्यालय, अंचल प्रहरी कार्यालय र जिल्ला कार्यालय र जिल्ला प्रहरी कार्यालयको हकमा कार्यालयप्रमखनै सो प्रहरी कार्यालयका प्रबक्ता हुनेछन् । आवश्यकतानुसार कार्यालयप्रमुदनै मातहत एकजना सिनियर प्रहरी अधिकृतलाई समाचार सम्प्रेषण गर्न तोक्न सक्नेछ ।
४. यदि क्षेत्रीय प्रहरी कार्यालय, अंचल प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय एउटै जिल्लामा अवस्थित छन् भने सबैभन्दा माथिल्लो कार्यालयको प्रमुखले प्रबक्ताको भुमिका निर्वाह गर्नु पर्नेछ ।
५. प्रबक्ताले सूचना प्रवाह गर्दा विभिन्न माध्यमको प्रयोग गर्न सक्ने र महत्वपर्ूण्ा घटना तथा प्रहरी काम कार्वाहिका बारेमा अवस्था हेरी प्रेस विज्ञप्ति जारी गर्नु पर्दछ ।
६. प्रहरी प्रवक्ताको चयन गरिसकेपछि प्रहरी कारवाहि, अपराध अनुसन्धान र नीतिगत लगायतका विषयमा प्रवक्ताले मात्र बोल्न उचित हुन्छ ।
(झ) विदेशी संचारमाध्यमसँगको सम्बन्ध :-
संचारको कुनै सिमाना नहुने नेपालमा विदेशी मिडियाको ध्यानाकर्षा हुने गरी कुनै घटना भएका बेला यहाँ संचारकर्मीहरुको ओहिरो लाग्न सक्छ । नियमित रुपमा नेपालमा पनि विदेशी संचारमाधयमका प्रतिनिधिहरु रहेका छन् । नियमित रुपमा नेपालमा पनि विदेशी संचारमाध्यमका प्रतिनिधिहरु रहेका छन् । नेपाल प्रहरीको विदेशी संचारमाध्यमसँगको सम्बन्ध पनि राम्रो हुनु पर्दछ । नेपाल जस्तो देशले विदेशी संचारमाध्यमबाट प्रसारित हुने नेपाल सम्बन्धी समाचरप्रति चनाखो हुनुपर्ने कुरा अनुभवले दर्ेखई सकेको छ । तर्सथ विदेशी आफ्नो सुपरीवेक्षकको अनुमति लिनर्ुपर्छ ।
(ञ) महत्वपर्ूण्ा घटनाहरु :-
मिडियाको ध्यानाकर्षा गर्नेखाले महत्वपर्ूण्ा घटना भएको बेला मिडियालाइ आवश्यक सूचना उपलब्ध गराइदिनु सम्बन्धीत प्रहरी अधिकृतको जिम्मेवारी हो । त्यस प्रकारका घटनाका बेला केन्द्रिय प्रहरी समाचार कक्षसँग समन्वय गरी राय सल्लाह लिनु राम्रो हुन्छ ।
मिडियालाई उपलब्ध गराइएका हरेक सूचनाको जानकारी केन्द्रिय प्रहरी समाचार कक्षलाई दिनु पर्छ । सो कक्षमा रहेका कर्मचारीहरुलाई तपाईले मिडियालाई उपलब्ध गराएका समाचार र उपलब्ध गराउन नहुने सूचनाका बारेमा जानकारी हुनु पर्दछ ।
महत्वपर्ूण्ा घटनाका बारेमा मिडियालाई जानकारी दिंदा निम्न लिखित प्रक्रिया पूरा गर्नुपर्छ ।
१. घटना भएको स्थानमा उपस्थित अधिकृत कर्मचारीले आवश्यकतानुसार मिडियासामु आफ्नो परिचय दिने ।
२. त्यस घटनामा प्रहरीको तर्फाट गरिएका प्रत्येक टिप्पणीको आफू जिम्मेवार भएको महशुस गर्नु पर्दछ ।
३. घटनास्थलमा प्रत्यक्ष देखिएका कुराहरु बाहेक अनुसन्धान र कामकारबाहिमा बाधा पुग्ने कुरा जानकारी गराउनु हुँदैन । यसतर्फविशेष ध्यान दिनु पर्दछ ।
४. मिडियाले कहाँ कहाँ फोटो खिच्न पाउँछन् भन्ने विषयमा ती अधिकृत जानकार अुनर्ुपर्छ । टि.भी. ले सूचनाभन्दा पहिला तस्वीर खोज्न सक्छ, तयसैले हत्या भएका दृष्यको तस्वीर खिच्न नहुने अथवा त्यो पत्रकार आफै पनि जोखिममा पर्नसक्ने जस्ता कुराको ती अधिकृतले मिडियालाई जानकारी गर्राई दिनु पर्छ ।
५. समयलाई सबैले सममान गर्नु पर्दछ । यदि कोही वरिष्ठ अधिकृत अन्य काममा व्यस्त भएर तोकिएको समयमा मिडिया सम्मेलनमा उपस्थित हुृन नसकेमा वा ढिलो भएको बारे पत्रकारलाई जानकारी दिनु राम्रो हुन्छ ।
६. मिडियाको म्भबमष्लिभ का बारेमा ती अधिकृत सचेत भई समयमै सूचना उपलब्ध गर्राई दिनु पर्छ । समाचार द्यचभबप गर्दा मिडियालाई छोटकरीमा जानकारी भए पनि पुग्छ । तर, अधिकारिक टिप्पणीको अभावमा गलत रिपोर्टिङ्ग हुने र यसले नागरिकलाई घटनाका बारेमा अनुमान मात्र गर्न प्ररित गर्ने हुनाले यस प्रति सजग हुनु पर्छ ।
७. तयो घटनसँग अरु पनि प्रहरी कार्यालय सम्बद्ध भएको भए दर्ुइ कार्यालयबाट फरक फरक जानकारी र्सार्वजनिक नहोस् भन्नेतर्फसचेत हुनपर्छ । त्यस प्रकारको् घटनामा माथिल्लो प्रहरी कर्यालयका प्रवक्ताबाट सूचना प्रवाह गर्नुपर्दछ ।
-ट) प्रहरी गस्तीरकार्यमा मिडियाको उपस्थिति ः-
प्रहरी गस्तीरकार्यमा मिडियालाई पनि संलग्न गराएमा पत्रकार र आमनाागरिकले प्रहरी इस्यूका बारेमा राम्रो जानकारी पाउने हुनाले यस प्रकारका क्रियाकलापलाई प्रोत्साहित गर्नुपर्छ । तर आवश्यक परेका बेलामात्र प्रहरी गस्तीरकार्यमा मिडियालाई सामेल गराउनु पर्छ । यसका लागि निम्नलिखित कुरामा ध्यान दिनर्ुपर्छ ।
१. मिडिया प्रतिनिधिलाई प्रहरी गस्तीरकार्यको सदस्यको रुपमा लिइनु हुँदैन । -किनभने ती प्रतिनिधि प्रहरी हैनन्)
२. प्रहरी कार्यालय परिसरमा हुने प्रहरी गतिविधि र पद्धतिको मिडिया प्रतिनिधिलाई अवलोकत गर्न दिनु हुँदैन । तर विशेष विषयमा प्रहरकिो जनमानसमा राम्रो छाप पर्ने खाले कुरा छ भने त्यसमा पत्रकारलाई स्वागत गर्न सकिन्छ । यस्ता हरेक संवेदनशील विषयमा माथिल्लो कार्यालय प्रमुखको राय अनुमति लिनु पर्छ । बिर्सन नहुने एण्टा कुरा के हेा भने हामीले बोलेको कुरा ुइल तजभ चभअयचमु मात्र हुन्छ । ुइाा तजभ चभअयचमु बोलेको कुरा प्रकाशन अथवा प्रसारण नगर्ने भन्ने विषयमा पत्रकारको मञ्जुरी लिनु पर्छ ।
(ठ) प्रहरी सम्बन्धी समाचार प्रवाह गर्ने निकाय :-
१. केन्द्रिय प्रहरी समाचार कक्ष ।
२. उपत्यका प्रहरी समाचार कक्ष ।
३. क्षेत्रीय प्रहरी समाचार कक्ष ।
४. अंचल प्रहरी कार्यालय प्रहरी समाचार कक्ष ।
५. जिल्ला प्रहरी समाचार कक्ष ।
ठ.१. प्रत्येक क्षेत्रीय प्रहरी कार्यालय, उपत्यका प्रहरी कार्यालय, अंचल प्रहरी कार्यालय र जिल्ला प्रहरी कर्यालयले समाचार कक्षको स्थापना गर्ने ।
ठ.२. प्रत्येक क्षेत्रीय प्रहरी कार्यालय, उपत्यका प्रहरी कार्यालय, अंचल प्रहरी कार्यालय र जिल्ला प्रहरी कर्यालयको हकमा सूचना प्रवाह कार्यालय प्रमुख वा कार्यालय प्रमुखले तोकेको अधिकृतले मात्र गर्ने ।
जिल्ला, अंचल र क्षोत्रीय कार्यालयले पकाशित गरेका मिडिया विज्ञप्ति अथवा ती कर्यालयमा कार्यरत प्रहरी अधिकृतले मिडियासँग गरेका कुराकानी विवरण प्रकाशित हुनुभन्दा पहिले कन्द्रिय समाचार कक्षलाई जानकारी दिनु पर्छ । जिल्लामा भएका घटनाको विवरण पत्रकारलाई दिनु भन्दा पहिले केन्द्रीय समाचार कक्षलाई दिनु पर्छ ।
(ड) जनशर्म्पर्कको भूमिका :-
जनशर्म्पर्क प्रमुखको भुमिका तथा दायित्व ः
-१) मिडिया नीतिको निर्माण र लागू पर्ने प्रकृयामा महत्वपर्ूण्ा भूमिका निर्वाह गर्ने ।
-२) मिडिया सम्वनधमा प्रहरी महानिरीक्षकलाई सुझाव दिने ।
-३) प्रहरी गतिविधि सम्वन्धी प्रचार प्रसार बारेमा प्रहरी महानिरीक्षकको सचिवालयको प्रत्यक्ष नियन्त्रण र निर्देशनमा रही कार्य गर्ने ।
-४) प्रहरी गतिविधि र समाचार सम्प्रेसणर प्रकाशन लगायत विद्युतीय प्रचार प्रशारको संयोजन गर्ने ।
-५) प्रहरी सम्वन्धी सकारात्मक सूचना जनशमक्ष लैजाने ।
-६) मिडियालाइृ आकषिर्त गर्न सक्ने विषयको पहिचान गर्ने ।
-७) मिडियाले खोजेको कुरा उपलब्ध गर्राई दिने ।
-८) प्रहरी कर्मचारीलाई मिडिया सम्वन्धमा तालिम दिने ।
-९) जनशर्म्पर्क, श्रव्यदृष्य र केन्द्रयि प्रहरी समाचार कक्षको सुपरिवेक्षण गर्ने ।
-ढ) प्रहरी समाचार कक्षको भूमिका तथा दायित्व ः
-१) मातहतका प्रहरी कार्यालयहरुवाट हरेक प्रहरी गतिविधि तथा घटना सम्वन्धमा छिटो साधनद्धारा यथाश्रि्र विवरण लिने ।
-२) प्रहरी समारोह, कार्यक्रम र अन्य गतिविधिस्थलमा पुगी समाचार संकलन गर्ने ।
-३) प्रहरीका सकारात्मककृयाकलाप, कार्यकुशलता सम्वन्धी समाचार ढिला नगरी तुरुन्त प्रवाह गर्ने ।
-४) यस्ता समाचार वुलेटिनको रुपमा प्रकाशित गरी वितरण गर्ने व्यवस्था मिलाउने ।
-५) प्रहरी गतिविधि सम्वन्धी प्रकाशित समाचारको अनुगमन गर्ने र ति सामाग्री कार्यालय प्रमुख समक्ष समीक्ष सहित जाहेर गर्ने ।
-६) मिडियालाई उपलब्ध गर्राईएका समाचार माथिल्लो समाचार कक्षमा तुरुन्त पठाउने ।
-७) मिडिया सम्वन्धी कुनै द्धिविधा, आशंका वा भ्रम भएमा कार्यालय प्रमुख, जनशर्म्पर्क शाखा वा माथिल्लो समाचार कक्ष संग सर्म्पर्क समन्वय राख्ने ।
-८) पत्रपत्रीकामा प्रकाशित वा विद्युतिय संचार माध्यमवाट प्रसारीत प्रहरी सम्वनधी झुटो वा अस्पष्ट समाचारको खण्डन वा स्पष्ट गर्नु पर्ने भएमा तुरुन्त गर्ने व्यवस्था मिलाउने ।
-९) संचारकर्मिहरु संग निरन्तर सर्म्पर्क र सुसम्वन्ध कायम राख्ने कार्यमा पहल गर्ने ।
-१०) प्रेस सम्मेलन आयोजनााके लागी सहयोग गर्ने र समन्वयको भूमिका निर्वाह गर्ने
-११) संचारकर्मिहरुले समाचार संकलनको क्रममा विशेषतः समाचार कक्षमा सर्म्पर्क राख्ने हुंदा उनिहरु स.ग गर्नु पर्ने शिष्ट व्यवहारमा ध्यान दिने र चाहेको सूचना उपलब्ध गर्राई दिने तर्फतदारुकता देखाउने, सर्म्पर्क र समन्वय गर्राई दिने ।
-१२) समाचारको महत्व र संाचरकर्मिको चाहनालाई ध्यानमा राखी त्यस प्रकारका समाचारको प्रवाह श्रि्र गर्ने ।
-१३) गोप्य राख्नै पर्ने विषयको गोपनियता भंग नहोस भन्ने दिशामा चनाखो रहने ।
(ण) मिडियालाई उपलब्ध गराउन नहुने विषयहरु :-
१. बालबालिकाको संलग्नता भएको अपराधको सम्वन्धमा :
नाबालक संलग्न भएको अपराध वा अपराधिक कृयाकलापको वारेमा मिडियामा सूचना प्रवाह गर्दा नावालकको पर
२. ब्यालमेलिङ, ठगी अपराध सम्वन्धमा ः
ब्यालकमेलिङ, ठगी केशको सम्वन्धमा मिडियालाई सूचना प्रवाह गर्दा पिडतको पहिचान हुे गरी गर्नु हुंदैन ।
३. जबरजस्ति करणी तथा जीउमास्ने वेच्ने अपराध सम्वन्धमा ः
जवरजस्ति करणी तथा जीउमास्ने वेच्ने अपराधको सम्वन्धमा पिडित व्यक्ति परिचित हुने गरी मिडियालाई सूचना उपलबध गराउनु हुंदैन । तर आवश्यकताअनुसार अभियुत्तको हुलिया तथा फोटो ग्राफ मिडियालाई उपलब्ध गराउन उपयूक्त हुनछ ।
४. आन्तरिक सूचना चुहावट सम्वन्धमा ः
व्यक्तिगत निहित स्वार्थ र कुत्सित मनसायले प्रेरित भई आन्तरिक सूचना चुहावट गर्नु हुंदैन ।
५. अनुमानका सम्वन्धमा ः
कुनैपनि अपराध घटनामा गरिएका आशंका र अनुमानका विवरण मिडियालाई उपलब्ध गराउनु हुंदैन ।
६. आत्महत्या सम्वन्धमा ः
आत्महत्या गर्ने प्रयास गरेका व्यक्तिहरु बारेको सूचना प्रवाह गर्नु हुंदैन ।
७. अपराधी किटान गर्ने सम्वन्धमा ः
अभियूक्तले अपराध गरेको हो, चोरी गरेको हो भनि किटान गरी समाचारमा उललेख गर्नु हुंदेन । बरु अनुसन्धानवाट खुल्न आएको वा अभियूक्तको भनाई अनुसार भन्ने व्यहोरा समाचारमा उल्लेख गर्न सकिन्छ ।
८. प्रचलित कानुन् सम्वन्धमा :
पत्रकार आचार संहिता विपरीत सूचना प्रवाह गर्नु हुंदैन ।
९. प्रहरी प्रहरी प्रधान कार्यालयवाट सूचना प्रवाह सम्वन्धमा जारी गरिएका नीति निर्देशन विपरीत सूचना प्रवाह गर्नु हुंदैन ।
शंका भएको विषयमा जनशर्म्पर्क शाखाको परामर्श लिनु पर्ने ।
(त) मिडियालाई उपलब्ध गराउन सकिने विषयहरु :-
१. जघन्य प्रकृतिका अपराधहरुको सम्वन्धमा ः
जघन्य प्रकृतिका अपराधहरुको सम्वन्धमा तोकिएको अधिकृतले घटनास्थलमा देखिएको भौतिक स्थिति र प्रकृतिको विषयमा मात्रै मिडियालाई जानकारी गराउन सक्ने छ । घतना सम्वन्धी विष्तृत जानकारी तोकिएको अधिकृतले माथिल्ले निकायको परामर्स लिई दिन सक्नेछन् ।
२. वारेन्टी जारी भएको व्यक्तिको सम्वन्धमा ः
वारेन्टी जारी भइृ पक्राउ गर्नु पर्ने व्यक्तिको हकमा सम्वन्धीत सबै पक्षलाई जानकारी गराउने उद्देश्यले फोटोग्राफ सहितको हुलीया जारी गराउन संचार माध्यमहरुको प्रयोग गर्न उपयूक्त हुन्छ ।
३. चोरी, पाकेटमारी र अन्य आपराधिक क्रियाकलापवाट भएको क्षति सम्वन्धमा ः
चोरी, पाकेटमारी डकैति तथा अन्य आपराधिक क्रियाकलापवाट भएको र्सार्वजनिक तथा व्यक्तिगत क्षति सम्वन्धमा मिडियालाई जानकारी दिनु पर्दछ । तर पिडितलाई थप पिडा हुने, पीडितको व्यक्तिगत सुरक्षामा वाधा पर्ने अर्थात अनुसन्धानको लागी प्रमाण लोप हुने अवस्था भएमा मिडियालाई गोप्य राख्नुपर्ने कारण अवगत गर्राई अयावश्यक कुराहरु गोप्य राख्नु पर्दछ ।
४. किर्ते, जालसाजी अपराध सम्वन्धमा ः
किर्ते तथा जालसांजी जस्ता केशको सम्वन्धमा यथार्थलाई मिडिया मार्फ तुरुन्त सूचना प्रवाह गर्नु पर्दछ । फलश्वरुप समयमै यस्ता खालका अपराधको बारेमा जनसाधारणलाई जानकारी हुन गई थप क्षति हुनवाट जोगाउन सकिन्छ ।
५. नागरकि अवज्ञा ९एगदष्अिभ म्ष्कयचमभच० सम्वन्धमा ः
नागरकि अवज्ञाको सम्वनधमा प्राप्त सूचना सकेसम्म छिटो मिडियालाई उपलब्ध गराउनु पर्दछ । जसमा पक्राउ परेको संख्या, भएको क्षति, लगाईएको अभियोग वारे जानकारी दिनु पर्दछ। तर उनिहरुको राजनितिक आस्था तथा व्यक्तिगत विषयमा भने मिडिया संग छलफल गर्नु हुंदैन ।
६. विष्फोटन सम्वन्धमा ः
दर्ुघटना वर कुनै स्थानमा विष्फोटन भएको सम्वन्धमा -ग्यास भण्डार, विधुत र्सर्किट) तत्कालै मिडिया मार्फ सूचना प्रवाह गर्नु पर्दछ । तर यदी आत.ककारी प्रवृतिको घटना भएको अवस्थामा सो घटनावाट भएको क्षतिको विवरण मात्र माथिल्लो कार्यालयको परामर्सवाट स्थानिय प्रहरी समाचार कक्षमार्फ मिडियामा सूचना प्रवाह गर्नु हुन्छ । सो सम्वन्धी अन्य विस्तृत बिवरण केनद्रीय प्रहरी समाचार कक्षवाट मात्र प्रवाह गर्नु पर्दछ ।
७ बम राखिएको भन्ने टेलिफोन कल वा अफवाह सम्वन्धमा ः
डर, त्रास, भय सृजना गर्ने मनसायले कसैले बम राखिएको भनि अफवाह फैलाएको भए मिडिया मार्फ यथार्थ कुरा जनसाधारणलाई यथाश्रि्र जानकारी दिनु पर्दछ ।
८. आगलागी सम्वन्धमा :
आगलागीको कारण्ण र क्षतिको विवरण प्रहरलिाई प्राप्त छ भने मिडियालाई उपलव्ध गराउन सकिन्छ । सो बारेमा नागरीकलाई सचेत गराउनुको साथै अन्य कुनै सूचना नागरीकलाई जानकारी भए प्रहरीलाई उपलब्ध गराउन मिडिया मार्फ अनुरोध गर्न उपयूक्त हुनछ ।
९. जेल, पुर्स्थापना केन्द्र तथा असहाय संरक्षण केनद्रहरुवाट भागेकाहरुको सम्वन्धमा जेल, पुनर्स्थापना केनद्र तथा असहाय संरक्षण केनद्रवाट थुनुवा, कैदी तथा व्यक्तिहरु भागेको सम्वन्धमा सोको विवरण मिडियामा समाचार कक्षमार्फउपलब्ध गराउन हुन्छ । त्यो भगुवा खतरनाक छ भने तुरुन्त मिडिया मार्फ जनमानसमा त्यसको जानकारी गराउनु पर्दछ ।
१०. हिरासतवाट भागेको अवस्थामा ः
प्रहरी हिरासतवाट भागेको व्यक्तिको सम्वन्धमा यदि उक्त घटना जनसरोकारको भएमा मात्र मिडियालाई सूचना दिनु पर्दछ । तर उक्त व्यक्तिलाई अभियोग लागई अदालत समक्ष प्रस |