प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
विभागहरू

प्रहरी प्रधान कार्यालय लगायतका विभिन्न प्रहरी इकाइहरुमा नियन्त्रण, सुपरीवेक्षण, प्रबन्ध जस्ता प्रशासनिक एवं व्यवस्थापनका कार्यहरु यी विभागहरु अन्तर्गत पर्दछन् । देशको विभिन्न भौगोलिक परिवेश अनुसार अवस्थित प्रहरी इकाइहरुको कार्य संचालनमा परि आउने कठिनाइ तथा अवरोधहरुको निराकरण गरी सरल एवं सुलभ प्रणाली विकसित गरी प्रहरी प्रधान कार्यालय अन्तर्गत विभिन्न विभागहरुको गठन भएको छ । प्रत्येक विभागको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक रहेका छन् ।