मिति २०६५।०५।०५ गते २११५ बजेको समयमा चप्पल कारखाना अगाडी बा.६.च.३२५२ नम्वरको कारले बा.१४.प.५०१४ नम्वरको मोटर साईकललाई ठक्कर दिँदा दुर्घटना भएको छ । उक्त दुर्घटनामा मोटर साईकल चालक वालाजु बस्ने बर्ष २१ को जिवन तामाङ्ग घाईते भएका छन् । घाईतेलाई उपचारका लागि टिचिङ्ग अस्पताल लगिएको छ। दुर्घटनामा संलग्न सवारी साधन आवश्यक कानुनी कारवाहीका लागि महानगरीय प्रहरी वृत महाराजगंजमा राखिएको छ ।
मिति २०६५।०५।०४ (बुधबार)
(१) माईक्रोले पैदल यात्रीलाई ठक्कर दिँदा घाईते
मिति २०६५।०५।०४ गते २०.१० बजेको समयमा एयरपोर्ट कार्गो अगाडी गौशालाबाट कोटेश्वर तर्फ गईरहेको बा.२.ख.३५२१ नम्वरको माईक्रोले पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको छ । । उक्त दुर्घटनामा पैदल यात्रु दोलखा लाकुरी डाडा बस्ने बर्ष २७ को कृष्ण लाल श्रेष्ठ घाईते भएका छन् । घाईतेलाई उपचारका लागि के.एम.सी. अस्पताल लगिएको छ। दुर्घटनामा संलग्न सवारी साधन आवश्यक कानुनी कारवाहीका लागि महानगरीय ट्राफिक प्रहरी वृत कोटेश्वरमा राखिएको छ ।
मिति २०६५।०५।०३ (मगलबार)
(१) कार र मोटर र्साईकल एकापसमा ठक्कर खाँदा १ जना घाईते
मिति २०६५।०५।०३ गते १४:१५ बजेको समयमा किर्तिपुर वागवानी केन्द्र अगाडी बल्खुबाट गईरहेको बा.१.च.६५७६ नम्वरको निजी कार र वागवानी गेटबाट वाहिर निस्कन लागेको बा.१०.प.९०५१ नम्वरको मोटर साईकल विच ठक्कर हुँदा दुर्घटना भएको छ । । उक्त दुर्घटनामा मोटर साईकल चालक घाईते भएका छन् । घाईतेलाई उपचारका लागि स्टार अस्पताल लगिएको र त्यहा उपचार हुन नसकी बि.एण्ड.बि.अस्पताल रिफर गरी उपचार भईरहेको छ। दुर्घटनामा संलग्न सवारी साधनहरु आवश्यक कानुनी कारवाहीका लागि महानगरीय प्रहरी प्रभाग किर्तिपुरमा राखिएको छ ।
मिति २०६५।०५।०२ गते २०:०० बजेको समयमा ललितपुर नख्खुपुल नजिक भैसेपाटीबाट एकान्तकुना तर्फ आईरहेको बा.३.च.२०६४ नम्वरको प्राईभेट पिकअप र विपरित दिशाबाट गईरहेको बा.२०.प.२०६४ नम्वरको मोटर साईकल विच ठक्कर हुँदा दुर्घटना भएको छ । । उक्त दुर्घटनामा मोटर साईकल चालक ललितपुर बुकमति ३ बस्ने बर्ष २२ को वेखरत्न तुलाधर घाईते भएका छन् । घाईतेलाई उपचारका लागि पाटन अस्पताल लगिएको छ। दुर्घटनामा संलग्न सवारी साधनहरु आवश्यक कानुनी कारवाहीका लागि महानगरीय ट्राफिक प्रहरी प्रभाग जावलाखेलमा राखिएको छ ।
मिति २०६५।०५।०१ (आइतबार)
(१) माईक्रो चालकले हतियार प्रयोग गर्दा १ जनाको मृत्यू
मिति २०६५।०५।०१ गते ०६:०० बजेको समयमा बुचुङ्ग नारायण स्थित सडकमा बा.१.ज.८२९२ नम्वरको माईक्रोको चालकले यात्रुलाई धारिलो हतियार प्रयोग गरी घाईते बनाएका छन् । उक्त घटनामा सामेछाप बस्ने बर्ष १९ को बिक्रम थापा घाईते भएका छन् । घाईतेलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यू भएको छ। दर्घटनामा संलग्न सवारी साधन आवश्यक कानुनी कारवाहीका लागि महानगरीय प्रहरी प्रभाग स्वयम्भुमा राखिएको छ र चालक फरार रहेको ।