अन्य जानकारीहरु
सार्वजनिक सुविधा
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी
Mission Statement
"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"
-
डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ
२०८१-०८-०६काठमाडौं, ह्वाट्स एप मार्फत अन्डर वर्ल्ड नेटवर्कको अन्डर कभर एजेन्ट हो भन्दै डरत्रास देखाई रकम असुली गरेको अभियोगमा भोजपुर नगरपालिका-११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा. आशिष दाहाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका भित्र विभिन्न व्यक्तिहरूलाई अन्डर कभर एजेन्ट भनि विहार लगायत अन्य ठाँउबाट कन्ट्रर्याक्ट किलर भाडामा लगाई ज्यान समेत मार्छु भन्दै ५० हजार देखि २ लाख रूपैयाँ सम्म रकम माग गर्ने गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न दाहाललाई काठमाडौं शंखमुलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।
[ विस्तृतमा ] -
अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८१-०८-०६काठमाडौं, अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ ठेगाना भएका ३७ वर्षीय राजेश श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-५ हाडीगाँउबाट पक्राउ गरेको हो । श्रेष्ठले सामाजिक संजाल फेसबुक, ह्वाट्स एपमा सम्पर्क गरी अमेरिकाको नागरिक हाल मिसनको लागि सिरियामा रहेको बताई पीडितहरूलाई सिरियाको मिसनमा कमाएको केही डलर नेपालमा पठाईदिन्छु, मिसन पश्चात नेपालमा आई अस्पताल खोल्ने, अनाथहरूलाई सहयोग गर्ने, बाँकी रहेको डलर पीडितहरूलाई दिने बताई कुरियर मार्फत डलर पठाएको छु भनेर विश्वास दिलाई कस्टम चार्ज, एण्टी मनी लाउन्डरिङ्ग लगायतको चार्जको लागि रकम लाग्छ भनी नगद ७ लाख ७५ हजार रूपैयाँ विभिन्न व्यक्तिहरूको नाममा रहेको बैंक खाताहरूमा पठाउन लगाई ठगी गरेको खुल्न आएको छ । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।
[ विस्तृतमा ] -
वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०८-०६काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन कालिका नगरपालिका-७ ठेगाना भएकी २१ वर्षीया रचना परियार र डोटी बडीकेदार गाउँपालिका-२ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-१० बस्ने २७ वर्षीय प्रकाश बहादुर रोक्का मगर रहेका छन् । पक्राउ मध्ये रचनाले हंगेरी पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १८ लाख रूपैयाँ र प्रकाशले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रचनालाई काठमाडौं महानगरपालिका-१२ बाट र प्रकाशलाई काठमाडौं टोखा नगरपालिका-९ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
[ विस्तृतमा ]
हाईलाईटहरु
- प्रहरी निरीक्षक (जनपद) तर्फको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरूस्ती परीक्षाको नतिजा प्रकाशन गरिएको।(2081-08-06)
- प्रहरी सहायक निरीक्षक (जनपद) पदको वैकल्पिक उम्मेदवार नियुक्तिको लागि सिफारिस गरिएको सम्बन्धी सूचना (२०८१-०८-०५)
- प्रहरी जवान (जनपद) पदको अन्तर्वार्ता तालिका प्रकाशन सम्बन्धी सूचना (२०८१-०८-०५)
- प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षामा छुटेका उम्मेदवारहरूको परीक्षा सम्बन्धमा ।
- Invitation for Bids (2081-08-05)
- प्रहरी निरीक्षक (जनपद) तर्फको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षाको नतिजा । (२०८१।०८।०५ गते)
- जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (२०८१।०८।०४ गते)