प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
ताजा अपडेट
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

 


 

चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी

 

Mission Statement

"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"

‘महिला, शान्ति र सुरक्षा’ विषयक कार्यशाला सम्पन्न
२०८१-०२-०३

काठमाडौं, नेपाल प्रहरीको समन्वय र सहकार्य तथा International Police Peacekeeping Operations Support Programs (IPPOS) र United Nations Institute for Training and Research (UNITAR) को आयोजनामा संचालित महिला, शान्ति र सुरक्षा (Women, peace and Security-WPS) विषयक कार्यशाला सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा बिहीबार आयोजित कार्यक्रमबीच उक्त कार्यशाला  सम्पन्न भएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले कार्यशालामा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले संयुक्त राष्ट्र संघ शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता बारे चर्चा गर्दै आगामी दिनमा शान्ति स्थापना क्षेत्रहरूमा क्षमता अभिवृद्धिको लागि थप सहयोग, समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । कार्यशालामा प्रभावकारी शान्ति स्थापनामा महिलाको समान सहभागिताको लागि आवश्यक मूल्याङ्कन र अन्तरविश्‍लेषणमा समेत छलफल एवम् अन्तरक्रिया भएको उहाँले उल्लेख गर्नुभयो । United States Department of State, International Narcotics and law Enforcement Affairs, Regional Chief Marcy Brown ले कार्यशालाको उद्देश्य र महत्वबारे आफ्नो धारणा व्यक्त गर्नुभएको उक्त कार्यक्रममा UNITAR का Masa Dikanovic ले कार्यशाला सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वैशाख ३१ गतेदेखि संचालित उक्त कार्यशालामा नेपाल प्रहरीबाट ७ जना, सशस्त्र प्रहरी बल नेपालबाट २ जनाको साथै अष्ट्रेलिया, बंगालादेश, भुटान, ब्राजिल, बुर्किना फासो, चीन, फिजी, गाम्बिया, जर्मनी, इन्डोनेशिया, नेदरल्याण्ड, नाइजर, रूवान्डा, सेनेगल, सामोआ, तान्जेनिया, युएई लगायतका विभिन्न राष्ट्रका प्रहरी अधिकृतहरूको साथै UN Women, UN Light Coordination Mechanism (LCM) का प्रतिनिधि समेत गरी जम्मा ३१ जनाको सहभागिता रहेको थियो । 

  • प्रहरी जवानको हत्यामा संलग्न सात जना पक्राउ
    २०८१-०२-०६

    काठमाडौं, टोखा नगरपालिका-१० गोंगबु बस्ने खोटाङ मजुवागढि नगरपालिका-१ घर भई नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान ३२ वर्षीय युवराज घिमिरेको हत्यामा संलग्न रहेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौंको बालाजु, जरंखु, मनमैजु लगायतका सडक पेटी तथा निर्माणाधीन घरहरूमा आश्रय बनाई बस्दै आएका भक्तपुर चाँगुनारायण घर भएका २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर घर भएकी १८ वर्षीया किशोरी, स्याङ्जा आधीखोला घर भएकी २१ वर्षीया बिपना/बसन्ती भन्ने बसुन्धारा कार्की तथा ५६ वर्षीया नुनमाया कार्की, नुवाकोट ताती घर भएका २१ वर्षीय बुद्द लामा तामाङ, सिन्धुपाल्चोक ईन्द्रावती घर भएका ३० वर्षीय दोर्जे भन्ने अमृत तामाङ र उदयपुर घर भएका १३ वर्षीय नाबालक रहेका छन् ।  प्रहरी जवान घिमिरेको काठमाडौं तारकेश्वर नगरपालिका-९ मनमैजु बासुकी नाग टोलस्थित निर्माणाधीन घरमा शव फेला परेपश्चात प्राविधिक विश्‍लेषण तथा अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले हत्यामा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका-१६ स्थित बाईस धारा जंगलबाट पक्राउ गरेको हो । ड्युटी सकेर घर जाने क्रममा तारकेश्वर नगरपालिका-११ स्थित खाजा घरमा भेट भएका पूर्व परिचित सचिन र १८ वर्षीया किशोरीले बिरामी भएकोले आश्रयस्थल पुर्‍याईदिने बहानामा घटनास्थलमा लगी अन्य अभियुक्तहरूको सहयोगमा रड, इँटा समेतको प्रयोग गरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । लुटपाट तथा महिलासँगको विवाद लगायतका कारण हत्या भएको हुन सक्नेतर्फ अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

    [ विस्तृतमा ]
  • लागूऔषध दुर्व्यसन, लैंगिक हिंसा र बाल विवाह नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
    २०८१-०२-०६

    प्युठान,  नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख आतिथ्यता लागूऔषध दुर्व्यसन, लैंगिक हिंसा र बाल विबाह नियन्त्रण" सम्बन्धी सचेतनामूलक कार्यक्रम प्युठान नगरपालिका-९ मरन्ठाना मजुवास्थित बाल विद्या माविमा शनिबार सम्पन्न भएको   छ । प्युठान नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय प्यूठानको समन्वय तथा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको सहकार्यमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संघकी अध्यक्ष कुँवरले लागूऔषध, लैंगिक हिंसा र बालविवाह जस्ता चुनौतीको सामना गर्न सबै सचेत हुन जरूरी रहेको बताउँदै प्रहरीद्वारा संचालित हुने यस्ता किसिमका सचेतनामूलक कार्यक्रमले समाजमा चेतनाको अभिबृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले समाजमा शान्ति शुरक्षा स्थापना गर्न समाज र प्रहरीको हातेमालो हुन जरुरी रहेको बताउँदै अपराध न्यूनीकरण तथा रोकथाम गर्न स्थानीय स्तरबाटै जागरूक हुनुपर्नेमा जोड दिनुभयो । प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले सबै किसिमका हिंसा र अपराधको बारेमा सबै जागरूक हुनुका साथै कुनै पनि अपराधिक घटना भएको देखेमा सम्बन्धित निकायमा तत्कालै उजुरी दिनुपर्नेमा जोड दिनुभयो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्युठान नगरपालिकाका उपप्रमुख देबेन्द्र वर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शुशिल पोख्रेल, सोही नगरपालिका-९ का वडाध्यक्ष विकास केसीले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो । प्युठान नगरपालिकाका प्रमुख बिष्णु बहादुर योगीको अध्यक्षतामा सम्पन्न उक्त ‍कार्यक्रममा गन्दर्भ समाज नेपाल प्युठानका साँस्कृतिक टोलिद्वारा सचेतनामूलक गीतसमेत प्रस्तुत गरिएको थियो ।

    [ विस्तृतमा ]
  • प्रहरी परिवार पुनर्मिलन कार्यक्रम सम्पन्न
    २०८१-०२-०६

    प्युठान, प्युठान नगरपालिका-३ स्थित शहिदपार्क बिजुवारमा “प्रहरी परिवार पुनर्मिलन कार्यक्रम” शनिबार सम्पन्न भएको छ । नेपाल पूर्व प्रहरी संगठन प्युठानको समन्वय र नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको सहकार्यमा जिल्ला प्रहरी कार्यालय प्युठानले उक्त कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले यस्ता कार्यक्रमले बहालवाला प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी, अशक्त प्रहरी कर्मचारी, आश्रित परिवारजनहरू तथा अमर प्रहरी परिवारजनहरूमा आपसी सद्‍भाव प्रगाढ बनाउँदै कार्य सम्पादन गर्न र तनाव व्यबस्थापन गर्नमा सहयोग पुर्‍याउने उल्लेख गर्नुभयो ।सो अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले पूर्व प्रहरी तथा अमर अशक्त प्रहरीको महत्वपूर्ण योगदानको चर्चा गर्दै यस्ता कार्यक्रमले प्रहरी संगठन थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापालाई प्रशंसापत्र प्रदान गर्नुभयो । नेपाल पुर्व प्रहरी संगठन प्युठानका अध्यक्ष मोहन सिंह बिष्टले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ लुम्विनी प्रदेशकी अध्यक्ष निलम कडायत लगायतको उपस्थिति रहेको थियो ।

    [ विस्तृतमा ]
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८१-०२-०४ प्राचार्य नियुक्तिका लागि दरखास्त आव्हान सम्बन्धी सूचना
२०८१-०२-०४ प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधि/कम्प्युटरतर्फ प्रहरी उपरीक्षक पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति २०८१।०२।०४ गते) ।
२०८१-०२-०४ जनपद प्रहरी समूहतर्फ प्रहरी नायव महानिरीक्षक पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति २०८१।०२।०४ गते) ।
२०८१-०२-०३ प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, नर्सिङ्ग, अन्य, प्यारामेडिक्सतर्फ र ईन्जिनियरिङ्ग उपसमूह, सञ्चार, सूचना प्रविधि, आतभौतर्फ प्र. व. ना. नि. पदमा र आतभौतर्फ प्र.ना.नि. पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति २०८१।०२।०३ गते) ।
२०८१-०२-०२ Re-Invitation for Online Bids (2081-02-02)
२०८१-०२-०१ Re-Invitation for Bids (2081-02-01)
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८०-१०-२६ जनपद प्रहरी समूह तर्फ प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८०-१०-२६)
२०८०-१०-२६ दरखास्त फाराम (नयाँ भर्ना सबै पदको लागि)
२०८०-१०-२६ प्रहरी कार्यालय सहयोगी पदको विशिष्‍टीकृत कार्य क्षेत्र चयन फाराम (२०८०-१०-२६)
२०८०-१०-२६ जनपद समूह तर्फ प्रहरी सहायक निरीक्षक पदको मागपद संख्या थप सम्बन्धी सूचना (२०८०-१०-२६)
२०८०-०९-१६ प्रारम्भिक स्वास्थ्य परीक्षण र शारीरिक तन्दुरुस्तीको परीक्षामा आउने परीक्षार्थीहरुले ध्यान दिनुपर्ने कुराहरु सम्बन्धि सूचना
२०८०-०९-११ प्राविधिक प्रहरी समूह तर्फका विभिन्न पदहरूको अपुग कागजातहरू ORMS द्वारा अद्यावधिक गर्ने सम्बन्धी सूचना (२०८०-०९-११)
हाईलाईटहरु
नेपाल प्रहरी
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

प्रहरी अनुरोध कार्यक्रम: प्रहरी समाचार
रेडियो कार्यक्रम
रेडियो कार्यक्रम (२०८१-०१- ३़१)
रेडियो कार्यक्रम (२०८१-०१- २७)
रेडियो कार्यक्रम (२०८१-०१- २४)

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।