प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जनचेतनामूलक साँस्कृतिक अभियान सम्पन्न

२०८१-०१-२५

  • A
  • A-
  • A+
Share

प्युठान, जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा गन्दर्भ समाज नेपाल प्युठानको आयोजनामा ‘लागूऔषध दुर्व्यसन, बाल विवाह तथा वन डढेलोको न्यूनीकरण सम्बन्धी’ जनचेतनामूलक साँस्कृतिक अभियान कार्यक्रम, २०८१ ऐरावती गाउँपालिका सराङवेशीस्थित महेन्द्र माध्यामिक विद्यालयमा सोमबार सम्पन्न भएको छ । 

कार्यक्रममा जिल्ला समन्वय समिति प्युठानका उप-प्रमुख दुर्गा रेग्मीले डढेलो नियन्त्रणका लागि यस्ता कार्यक्रम अत्यन्तै उपयोगी हुने चर्चा गर्दै बालबालिका भविष्यका कर्णधारहरू भएकाले लागूऔषध दुर्व्यसनीमा नफसी उज्ज्वल भविष्यको बाटो तय गर्नुपर्ने बताउनुभयो । साथै बालविवाहतर्फ अभिभावकहरू पनि सदैव सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 

सो अवसरमा ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले लागूऔषध दुर्व्यसनमा फस्दा बढ्ने अपराधले  समाजमा नकारात्मक असर गर्ने हुनाले अभिभावक, जनप्रतिनिधि सचेत हुनु पर्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले लागूऔषध दुर्व्यसनको कारण हुने अपराध न्यूनीकरण तथा रोकथाम गर्ने जिम्मेवारी सबै सरोकारवाला निकायहरूको रहेको बताउनुभयो । 

ऐरावती गाउँपालिका-५ का वडाअध्यक्ष चन्द्र बहादुर रोका मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी, शिक्षक, विद्यार्थीहरू र स्थानीय भद्रभलाद्‍मीको सहभागिता रहेको थियो । कार्यक्रममा गन्दर्भ समाज नेपाल प्युठानका साँस्कृतिक टोली, विद्यार्थी लगायतले लागूऔषध दुर्व्यसन, बालविवाहले व्यक्ति तथा समाजमा पुर्‍याउने असरको बारेमा सन्देशमूलक गीत र नृत्य प्रस्तुत गरेका थिए । 

यसैगरी उक्त जनचेतनामूलक साँस्कृतिक अभियान कार्यक्रम ऐरावती गाउँपालिका-४ धुवाङ्गस्थित पद्‍मोदय माध्यामिक विद्यालयमा सोही विद्यालयका प्रधानाध्यापक देवेन्द्र पोख्रेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्युठानका उप-प्रमुख दुर्गा रेग्मीको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न भएको छ । 


सम्बन्धित समाचार
प्रहरी परिवार पुनर्मिलन कार्यक्रम सम्पन्न
२०८१-०२-०६

प्युठान, प्युठान नगरपालिका-३ स्थित शहिदपार्क बिजुवारमा “प्रहरी परिवार पुनर्मिलन कार्यक्रम” शनिबार सम्पन्न भएको छ । नेपाल पूर्व प्रहरी संगठन प्युठानको समन्वय र नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको सहकार्यमा जिल्ला प्रहरी कार्यालय प्युठानले उक्त कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले यस्ता कार्यक्रमले बहालवाला प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी, अशक्त प्रहरी कर्मचारी, आश्रित परिवारजनहरू तथा अमर प्रहरी परिवारजनहरूमा आपसी सद्‍भाव प्रगाढ बनाउँदै कार्य सम्पादन गर्न र तनाव व्यबस्थापन गर्नमा सहयोग पुर्‍याउने उल्लेख गर्नुभयो ।सो अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले पूर्व प्रहरी तथा अमर अशक्त प्रहरीको महत्वपूर्ण योगदानको चर्चा गर्दै यस्ता कार्यक्रमले प्रहरी संगठन थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापालाई प्रशंसापत्र प्रदान गर्नुभयो । नेपाल पुर्व प्रहरी संगठन प्युठानका अध्यक्ष मोहन सिंह बिष्टले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ लुम्विनी प्रदेशकी अध्यक्ष निलम कडायत लगायतको उपस्थिति रहेको थियो ।

लागूऔषध दुर्व्यसन, लैंगिक हिंसा र बाल विवाह नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-०२-०६

प्युठान,  नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख आतिथ्यता लागूऔषध दुर्व्यसन, लैंगिक हिंसा र बाल विबाह नियन्त्रण" सम्बन्धी सचेतनामूलक कार्यक्रम प्युठान नगरपालिका-९ मरन्ठाना मजुवास्थित बाल विद्या माविमा शनिबार सम्पन्न भएको   छ । प्युठान नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय प्यूठानको समन्वय तथा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको सहकार्यमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संघकी अध्यक्ष कुँवरले लागूऔषध, लैंगिक हिंसा र बालविवाह जस्ता चुनौतीको सामना गर्न सबै सचेत हुन जरूरी रहेको बताउँदै प्रहरीद्वारा संचालित हुने यस्ता किसिमका सचेतनामूलक कार्यक्रमले समाजमा चेतनाको अभिबृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले समाजमा शान्ति शुरक्षा स्थापना गर्न समाज र प्रहरीको हातेमालो हुन जरुरी रहेको बताउँदै अपराध न्यूनीकरण तथा रोकथाम गर्न स्थानीय स्तरबाटै जागरूक हुनुपर्नेमा जोड दिनुभयो । प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले सबै किसिमका हिंसा र अपराधको बारेमा सबै जागरूक हुनुका साथै कुनै पनि अपराधिक घटना भएको देखेमा सम्बन्धित निकायमा तत्कालै उजुरी दिनुपर्नेमा जोड दिनुभयो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्युठान नगरपालिकाका उपप्रमुख देबेन्द्र वर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शुशिल पोख्रेल, सोही नगरपालिका-९ का वडाध्यक्ष विकास केसीले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो । प्युठान नगरपालिकाका प्रमुख बिष्णु बहादुर योगीको अध्यक्षतामा सम्पन्न उक्त ‍कार्यक्रममा गन्दर्भ समाज नेपाल प्युठानका साँस्कृतिक टोलिद्वारा सचेतनामूलक गीतसमेत प्रस्तुत गरिएको थियो ।

दुर्व्यसन, हिंसा र विभेद न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
२०८१-०२-०२

प्युठान, मल्लरानी गाउँपालिका-५ कुमिकोटस्थित वडा कार्यालयको सभाहलमा ‘लागूऔषध दुर्व्यसन, लैंगिक हिंसा तथा जातिय विभेद न्यूनीकरण सम्बन्धी अभिमुखीकरण’ कार्यक्रम मंगलबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्यमा मल्लरानी गाउँपालिका प्युठानले उक्त कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानको तर्फबाट लैंगिक हिंसाको परिभाषा, लैंगिक हिंसा हुनुको कारण, यसको प्रकार, रोकथाम, लागूऔषधको परिचय, प्रकार, असर, बच्ने उपाय, दुर्व्यसनका चरणहरू र कानूनी प्रावधान बारेमा प्रस्तुतीकरण गर्दै लागूऔषधको सम्बन्धमा सचेतनामूलक भिडियो प्रस्तुत गरिएको थियो । सो अवसरमा जातिय विभेदको सम्बन्धमा सचेतनामूलक भिडियो प्रस्तुत गर्दै नेपाल पत्रकार महासंघ प्युठानका सदस्य लोकेन्द्र सुनारले जातिय छुवाछुत, भेदभावको पृष्ठभूमि, जातिय भेदभाव तथा छुवाछुत सम्बन्धी विद्यमान कानूनी व्यवस्था र सजाय, बाल विवाहको परिभाषा, असर, बाल विवाह रोकथामको उपाय, यसको कानूनी प्रावधान, प्युठान जिल्लामा बाल विवाहको अवस्थाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  मल्लरानी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष गोपाल बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सोही गाउँपालिकाका कर्मचारीहरू एवम् स्थानीय भद्रभलाद्‍मीको सहभागिता रहेको थियो । 

दुर्व्यसन तथा दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-०२-०२

प्युठान, मल्लरानी गाउँपालिका-३ वरबोटस्थित भानुभक्त माध्यामिक विद्यालयमा ‘लागूऔषध दुर्व्यसन, किशोर किशोरीहरू माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम’ मंगलबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा जिल्ला प्रशासन कार्यालय प्युठानको समन्वयमा सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानले उक्त कार्यक्रम आयोजना गरेको हो । सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानका प्रमुख पुण्य प्रसाद न्यौपानेले किशोर किशोरी माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा प्रहरी सहायक निरीक्षक नबिन शाहले लागूऔषधको परिचय, प्रकार, असर, दुर्व्यसनमा लाग्नुको कारण, यसबाट बच्ने उपाय, लागूऔषध नियन्त्रणमा शिक्षक, विद्यार्थी र प्रहरीको भूमिका तथा कानूनी प्रवाधान बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा शिक्षक, विद्यार्थीहरू, स्थानीय जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । 

दुर्व्यसन तथा दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-०१-३१

प्युठान, माण्डवी गाउँपालिका-२ मार्कवाङस्थित सुन्नानो आधार माध्यामिक विद्यालयमा ‘लागूऔषध दुर्व्यसन र किशोर किशोरीहरू माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम’ आइतबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा जिल्ला प्रशासन कार्यालय प्युठानको समन्वयमा सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानले उक्त कार्यक्रम आयोजना गरेको हो । सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानका प्रमुख पुण्य प्रसाद न्यौपानेले किशोर किशोरी माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार सम्बन्धी प्रस्तुतीकरण गर्दै गर्नुभएको उक्त कार्यक्रममा प्रहरी सहायक निरीक्षक नबिन शाहले लागूऔषधको परिचय, प्रकार, असर, यसबाट बच्ने उपाय, लागूऔषध नियन्त्रणमा शिक्षक, विद्यार्थी र प्रहरीको भूमिका र कानूनी प्रवाधान बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा शिक्षक, विद्यार्थीहरू, स्थानीय जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । 

दुर्व्यसन तथा दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-०१-२८

प्युठान, नौबहिनी गाउँपालिका-६ लिङबहानेस्थित गंगा माध्यामिक विद्यालयमा ‘लागूऔषध दुर्व्यसन र किशोर किशोरीहरू माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम’ बिहीबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा जिल्ला प्रशासन कार्यालय प्युठानको समन्वयमा सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानले उक्त कार्यक्रम आयोजना गरेको हो । सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानका प्रमुख पुण्य प्रसाद न्यौपानेले किशोर किशोरी माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक कृष्ण राना मगरले लागूऔषधको परिचय, प्रकार, असर, यसबाट बच्ने उपाय र कानूनी प्रवाधान बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा गंगा माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, विद्यार्थीहरू, स्थानीय जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।