प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
ताजा अपडेट
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

 


 

चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी

 

Mission Statement

"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"

नागरिक केन्द्रीत भई जिम्मेवारी बहन गर्नुपर्ने - प्रहरी महानिरीक्षक दिपक थापा
२०८२-०३-२२

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले प्रहरी कर्मचारीहरूले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी विगतमा देखिएका कमी कमजोरीहरूलाई सुधार गर्दै थप संयमता तथा व्यावसायिकता प्रदर्शन गरी नागरिक केन्द्रीत भई आ-आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा आइतबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक थापाले प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न तयारी अवस्थामा रहन सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । विपद्को समयमा प्रहरीले उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरी जोखिमका क्षेत्रहरूमा सचेतना फैलाउने र विभिन्न निकायहरूसँग समन्वय गरी उद्दार कार्यमा खटिनुपर्ने उहाँले बताउनुभयो ।     प्रहरी महानिरीक्षक थापाले चुनौतिको रूपमा देखा परेका प्रविधिको प्रयोगबाट सिर्जित अपराध, संगठित अपराध, लागूऔषधको बढ्दो ओसारपसार र प्रयोगलाई नियन्त्रण गर्न प्रहरी कर्मचारी थप सजग हुनुपर्नेमा जोड दिँदै महिला बालबालिका, ज्येष्ठ नागरिक र सीमान्तकृत वर्गमाथि हुने अपराधमा विशेष संवेदनशील भई कार्य गर्नुपर्ने बताउनुभयो । साथै उहाँले हिरासत व्यवस्थापन एवम् फरार प्रतिवादी पक्राउमा विशेष सक्रियता अपनाई कार्य गर्नुपर्ने समेत बताउनुभयो ।  प्रहरी महानिरीक्षक थापाले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न अन्य सरोकारवाला नियहरूसँग समन्वय गरी प्रभावकारी र परिणाममुखी ढंगबाट परिचालन हुन निर्देशन दिनुभयो । साथै सांगठनिक नीति निर्देशनहरूको अक्षरस पालना गरी प्रहरी कर्मचारीहरूको गुनासो व्यवस्थापनमा विशेष ध्यान दिई सामूहिक भावनाको विकास गर्दै उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुपर्ने उहाँले बताउनुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत लगायतको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयहरू, प्रदेश तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालयहरू, जिल्ला प्रहरी परिसरहरू, जिल्ला प्रहरी कार्यालयहरू र विभिन्न गणका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो । 

  • करिब ३ किलो ४ सय ग्राम कोकिन सहित भारतीय नागरिक पक्राउ
    २०८२-०३-२७

    काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन पार्किङ एरियाबाट अवैध लागूऔषध कोकिन ३ किलो ४ सय ग्राम सहित भारतीय नागरिक मुम्बई महाराष्ट्र घर भएका ४९ वर्षीय ABDUS SAMAD JAMAL MANSURI बुधबार दिउँसो पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरीले कतार एयरवेजको उडानद्वार अजरबैजानबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    [ विस्तृतमा ]
  • नियन्त्रित लागूऔषध सहित तीन जना पक्राउ
    २०८२-०३-२७

    नुवाकोट, बिदुर नगरपालिका-१० सिमुटारबाट नियन्त्रित लागूऔषध सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिदुर नगरपालिका-९ कोलनी बस्ने २६ वर्षीय प्रोमेश श्रेष्ठ, २७ वर्षीय प्रदिप बिसुङ्खे र सोही नगरपालिका-१० गेर्खुटार बस्ने २४ वर्षीय बिशाल मग्राती रहेका छन् । अस्थायी प्रहरी पोष्ट सिमुटारबाट खटिएको प्रहरीले कोलनीबाट बेत्रावतीतर्फ जाँदै गरेको बा.८६ प ८८९२ नम्बरको स्कुटरमा सवार प्रोमेश र प्रदिपलाई डाईजेपाम ६ एम्पुल, नुर्फिन ६ एम्पुल र प्रोमेथाजाइन हाईड्रो क्लोराईड ६ एम्पुल तथा पैदलयात्री बिशाललाई ट्रामाडोल ६ सय ट्याब्लेट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    [ विस्तृतमा ]
  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
    २०८२-०३-२७

    काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-४ बस्ने ४६ वर्षीया सन्जु तामाङलाई अवैध लागूऔषध गाँजा ७ किलो ८ सय ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले सन्जुको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  झापा, दमक नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ५० ट्याब्लेट र एनारगन ३ सय ५० ट्याब्लेट सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने १९ वर्षीया प्रिया तामाङ, सोही नगरपालिका-५ बस्ने १९ वर्षीय सुमित सुन्दास, २१ वर्षीय प्रविन चेम्जोङ र सोही नगरपालिका-१० सानो बाह्रघरे बस्ने २७ वर्षीय मनोज खनाल रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, भजनी नगरपालिका-५ लालबोझीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ७० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २५ वर्षीय मनोज चौधरी, २१ वर्षीय बिक्रम चौधरी, २८ वर्षीय हनुमान चौधरी र घोडाघोडी नगरपालिका-१२ बस्ने २१ वर्षीय बिशाल चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.३ प ९२६३ र ग.६ प ८३७९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-४ बाट अवैध लागूऔषैध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-६ बस्ने २६ वर्षीय धिरेन राई र २७ वर्षीय धिरज मगर रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, लहान नगरपालिका-१ बाट नियन्त्रित लागूऔषध डाइजेपाम २० एम्पुल, बुप्रेनोर्फिन २० एम्पुल र फेनारगन २० एम्पुल सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने ३० वर्षीय बोना भन्ने राम बाबु दास र ३१ वर्षीय राम उदगार पुर्वे रहेका छन् । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले लु. ७३ प ५३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका-१ खैरापुर बस्ने २२ वर्षीय किरण विक र १९ वर्षीय तारा बहादुर चुनी मगर रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतको बलइ गाउँबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  दाङ, घोराही उपमहानगरपालिका-१३ नयाँबसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका-७ पर्सेनी बस्ने २८ वर्षीय तुलसीराम रसाईली र सोही नगरपालिका-७ बस्ने २३ वर्षीय बिजय अधिकारी रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    [ विस्तृतमा ]
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८२-०३-२८ बाटो अवरुद्ध भएको सम्बन्धी :- मिति २०८२/०३/२८ गते १०:०० बजे सम्म ।
२०८२-०३-२५ प्राविधिक प्रहरी समूह, सूचना प्रविधितर्फ प्रवनानि र प्रनानि पदमा, केनाईनतर्फ प्रनानि पदमा, संगिततर्फ प्रसनि पदमा र आतभौतर्फ प्रह पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति२०८२।०३।२६ गते) ।
२०८२-०३-२० प्रहरी सहायक निरीक्षक (जनपद) पदको विशेष स्वास्थ्य परीक्षणको नतिजा तथा सक्षमता परीक्षण र अन्तर्वार्ता तालिका प्रकाशन सम्बन्धी सूचना (२०८२-०३-२०)
२०८२-०३-१९ प्राचार्य नियुक्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना (२०८२-०३-१९)
२०८२-०३-१६ नेपाल पुलिस स्कुल, सामाखुसीको कक्षा ११ मा विधार्थी भर्ना सम्बन्धी सूचना
२०८२-०३-१६ जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको ।
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८२-०३-०६ जनपद प्रहरी समूहतर्फको प्रहरी जवान पदको माग पद संख्या थप गरिएको सम्बन्धी सूचना (२०८२-०३-०६)
२०८२-०१-०५ प्रहरी कार्यालय सहयोगी (भान्छे र कुचीकार) पदको माग पद संख्या थप गरिएको सम्बन्धी सूचना (२०८२-०१-०५)
२०८१-१२-२९ प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहहरू तर्फ रिक्त प्राविधिक प्रहरी जवान पदको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८१-१२-२९)
२०८१-१२-१५ प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहहरू तर्फ रिक्त प्रा.प्र.नि.,प्रा.प्र.ना.नि. र प्रा.प्र.स.नि. पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८१-१२-१५)
२०८१-०८-२१ जनपद प्रहरी समूह तर्फ प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८१-०८-२१)
२०८१-०८-२१ प्रहरी कार्यालय सहयोगी पदको विशिष्टीकृत कार्य क्षेत्र चयन फाराम (२०८१-०८-२१)
हाईलाईटहरु
नेपाल प्रहरी
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

प्रहरी समाचार
रेडियो कार्यक्रम
रेडियो कार्यक्रम (२०८२-०३-२६)
रेडियो कार्यक्रम (२०८२-०३-२३)
रेडियो कार्यक्रम (२०८२-०३-१९)

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।