अन्य जानकारीहरु
सार्वजनिक सुविधा
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी
Mission Statement
"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"
-
अवैध लागूऔषध गाँजासहित तीन जना पक्राउ
२०८१-०१-२५मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-१ सानो भावर बस्ने १९ वर्षीय बिजय तामाङ र रौतहट बृन्दावन नगरपालिका-१ बस्ने ३५ वर्षीय धर्मेन्द्र ठाकुर रहेका छन् । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले चितवनबाट वीरगंजतर्फ जाँदै गरेको ना.६ ख ३५५७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-२० विष्णुपादुकाबाट अवैध लागूऔषध गाँजा करिब ४ किलो ५ सय ग्रामसहित धनकुटा साँगुरीगढी गाउँपालिका-८ बस्ने २४ वर्षीय दिपक मुडेललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विष्णुपादुकाबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.१ ज २१७८ नम्बरको बोलेरोलाई जाँच गर्ने क्रममा बोलेरोमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
जनचेतनामूलक साँस्कृतिक अभियान सम्पन्न
२०८१-०१-२५प्युठान, जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा गन्दर्भ समाज नेपाल प्युठानको आयोजनामा ‘लागूऔषध दुर्व्यसन, बाल विवाह तथा वन डढेलोको न्यूनीकरण सम्बन्धी’ जनचेतनामूलक साँस्कृतिक अभियान कार्यक्रम, २०८१ ऐरावती गाउँपालिका सराङवेशीस्थित महेन्द्र माध्यामिक विद्यालयमा सोमबार सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति प्युठानका उप-प्रमुख दुर्गा रेग्मीले डढेलो नियन्त्रणका लागि यस्ता कार्यक्रम अत्यन्तै उपयोगी हुने चर्चा गर्दै बालबालिका भविष्यका कर्णधारहरू भएकाले लागूऔषध दुर्व्यसनीमा नफसी उज्ज्वल भविष्यको बाटो तय गर्नुपर्ने बताउनुभयो । साथै बालविवाहतर्फ अभिभावकहरू पनि सदैव सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सो अवसरमा ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले लागूऔषध दुर्व्यसनमा फस्दा बढ्ने अपराधले समाजमा नकारात्मक असर गर्ने हुनाले अभिभावक, जनप्रतिनिधि सचेत हुनु पर्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले लागूऔषध दुर्व्यसनको कारण हुने अपराध न्यूनीकरण तथा रोकथाम गर्ने जिम्मेवारी सबै सरोकारवाला निकायहरूको रहेको बताउनुभयो । ऐरावती गाउँपालिका-५ का वडाअध्यक्ष चन्द्र बहादुर रोका मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी, शिक्षक, विद्यार्थीहरू र स्थानीय भद्रभलाद्मीको सहभागिता रहेको थियो । कार्यक्रममा गन्दर्भ समाज नेपाल प्युठानका साँस्कृतिक टोली, विद्यार्थी लगायतले लागूऔषध दुर्व्यसन, बालविवाहले व्यक्ति तथा समाजमा पुर्याउने असरको बारेमा सन्देशमूलक गीत र नृत्य प्रस्तुत गरेका थिए । यसैगरी उक्त जनचेतनामूलक साँस्कृतिक अभियान कार्यक्रम ऐरावती गाउँपालिका-४ धुवाङ्गस्थित पद्मोदय माध्यामिक विद्यालयमा सोही विद्यालयका प्रधानाध्यापक देवेन्द्र पोख्रेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्युठानका उप-प्रमुख दुर्गा रेग्मीको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न भएको छ ।
[ विस्तृतमा ] -
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-२५काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ३० वर्षीय सूर्य थापा मगर र धादिङ ज्वालामुखी गाउँपालिका-९ घर भई काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने ४६ वर्षीया बिमला गुरूङ रहेका छन् । पक्राउमध्ये सूर्य थापाले इजरायल पठाईदिन्छु भन्दै ५ जना पीडितहरूबाट १० लाख २० हजार रूपैयाँ ठगी गरेको र बिमलाले माल्टा पठाईदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सूर्य थापालाई काठमाडौं अनामनगर र बिमलालाई काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
[ विस्तृतमा ]
हाईलाईटहरु
- प्रहरी कार्यालय सहयोगी पदको प्रयोगात्मक परीक्षा तालिका प्रकाशन सम्बन्धी सूचना । (२०८१-०१-२५)
- प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, संचारतर्फ, संगिततर्फ, सूचना प्रविधितर्फ, सवारीतर्फ, विधिविज्ञानतर्फ, आवास तथा भौतिक ईन्जिनियरिङ्गतर्फ, केनाईनतर्फ र हातहतियारतर्फ प्र.ज.पदबाट प्र.स.ह. पदमा बढुवा सिफारिस सूचि प्रकाशि गरिएको ।
- प्राविधिक प्रहरी समूह, संगित उपसमूहतर्फ प्र.स.ह. पदबाट प्र.ह. पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको ।
- प्राविधिक प्रहरी समूह, सञ्चारतर्फ प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा तथा पदस्थापन सम्बन्धमा (मिति २०८१।०१।१४ गते) ।
- प्राविधिक प्रहरी समूह, सञ्चारतर्फ प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा तथा पदस्थापन सम्बन्धमा (मिति २०८१।०१।१४ गते) ।
- प्रहरी कार्यालय सहयोगी पदको विस्तृत स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन सम्बन्धी सूचना । (२०८१-०१-१४)
- Re-Invitation for bids (2081-01-12)