अन्य जानकारीहरु
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी
Mission Statement
"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"
-
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २८ जना पक्राउ
२०८२-०२-२४काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ६ सय ४५ ग्राम सहित २ जना शुक्रबार राति पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कोलम्बियाका नागरिक २८ वर्षीया वर्षीय TATIANA BAUTISTA LOPEZ र भारतीय नागरिक २७ वर्षीय ANANTHAKRISHNAN PALLICHAMBAYIL SUNIL KUMAR रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ । नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-७ देउरवाबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १९ एम्पुल, फेनारगन १९ एम्पुल र डाइजेपाम १९ एम्पुल सहित रूपन्देही बुटवल उपमहानगरपालिका-१४ बस्ने २७ वर्षीय रामु राना समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट उजैनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-१ लौकही चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २२ ग्राम ८ सय १० मिलिग्राम सहित ९ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-५ बस्ने ३३ वर्षीय अजय चौधरी, कोशी गाउँपालिका-१ बस्ने १८ वर्षीय २ जना किशोर, सोही गाउँपालिका-२ बस्ने २१ वर्षीय दयानन्द कुमार यादव, धरान उपमहानगरपालिका-१७ बस्ने २७ वर्षीय बिवेक विश्वकर्मा, सोही उपमहानगरपालिका-१७ बस्ने १९ वर्षीय किरण राई र १८ वर्षीय किशोर तथा बराहक्षेत्र नगरपालिका-७ बस्ने २२ वर्षीय कौशल कालिकोटे र २० वर्षीय याकुव राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-१३ बालुबाडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ५० मिलिग्राम र नगद २२ हजार २ सय रूपैयाँ सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय लक्ष्मी सोरेन, २६ वर्षीय बिष्णु मग्राती र मोरङ लेटाङ नगरपालिका-१ बस्ने २९ वर्षीय सन्तोष परियार रहेका छन् । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कपिलवस्तु, महाराजगंज नगरपालिका-४ राजपुरबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ४ सय ७० ग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५१ वर्षीय चिनिलाल चमार र २४ वर्षीय दुर्गेश लोहनिया रहेका छन् । इलाका प्रहरी कार्यालय महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । दाङ, गढवा गाउँपालिका-५ ठूलीचौरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ४ सय ६० मिलिग्राम सहित सोही गाउँपालिका-६ प्रगतीनगर बस्ने २२ वर्षीय लक्ष्मण बिष्टलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले लु.९६ प ८८९३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक लक्ष्मणलाई पक्राउ गरेको हो । साथै लागूऔषध खरिद गर्न आएका लु.७० प ७७६९ नम्बरको मोटरसाइकल चालक सोही गाउँपालिका-४ अजगढवा बस्ने ३९ वर्षीय भन्साराम यादव र सोही मोटरसाइकलमा सवार सोही गाउँपालिका-६ थानदेउखुरी बस्ने ३७ वर्षीय सदान मनिहारलाई समेत प्रहरीले पक्राउ गरेको छ । दोलखा, भिमेश्वर नगरपालिका-६ सिम्पानीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४८ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सोही नगरपालिका-७ घर भएका २३ वर्षीय साजन बुढाथोकी र सोही नगरपालिका-३ बस्ने कालिञ्चोक गाउँपालिका-६ घर भएका २१ वर्षीय सुजन पाण्डे रहेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ५० मिलिग्राम सहित बराहताल गाउँपालिका-६ बस्ने २५ वर्षीय कुशल रोकायालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । इलाम, इलाम नगरपालिका-७ देवन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ९० मिलिग्राम र मोबाइल ४ थान सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देउमाई नगरपालिका-२ बस्ने २९ वर्षीय पासाङ शेर्पा, इलाम नगरपालिका-७ बस्ने २६ वर्षीय रूपन राई र माई नगरपालिका-१ बस्ने २१ वर्षीय अबिरल राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल र १ थान स्कुटर समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०२-२४काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० मध्यबानेश्वर बस्ने झापा मेचीनगर नगरपालिका-१५ घर भएका ५६ वर्षीय ध्रुव प्रसाद भेटवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट जेठ ७ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१० मध्यबानेश्वरबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको छ ।
[ विस्तृतमा ] -
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०२-२४प्युठान, ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नौबहिनी गाउँपालिका-४ मौरीवाङ खबाङ बस्ने ७८ वर्षीय महाराम पुनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पुनले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लुङबहानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । धादिङ, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धलेक गाउँपालिका-१ बिर्जेथुम्का बस्ने ५४ वर्षीय एक बहादुर चितौरेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । एक बहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी सिद्धलेकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ]
हाईलाईटहरु
- Notice for Enlistment (2082-02-22)
- जनपद प्रहरी समूहतर्फ प्रहरी नायव महानिरीक्षक पदमा बढुवा नियुक्ति तथा पदस्थापन गरिएको (मिति २०८२।०२।१६ गते) ।
- जनपद प्रहरी समूहतर्फ प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति तथा पदस्थापन गरिएको (मिति २०८२।०२।१६ गते) ।
- प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधि/कम्प्युटरतर्फ प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८२।०२।१३ गते) ।
- जनपद प्रहरी समूहतर्फ प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८२।०२।०९ गते)।
- सम्पत्ति तथा जिन्सी मालसामानको लिलाम बिक्री सम्बन्धी बोलपत्र आव्हानको सूचना
- जनपद प्रहरी समूहतर्फको प्रहरी नायव महानिरीक्षक पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको । (मिति: २०८२।०२। ०६ गते । )
रिपोर्ट तथा प्रकाशन
