प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ

२०८१-०२-०३

  • A
  • A-
  • A+
Share

सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित इटहरी उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय संजिब रिजाल र सोही बस्ने संजिब प्रधानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५३ प ७६१७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

लमजुङ, सुन्दरबजार नगरपालिका-७ छबिसे टोल बस्ने ४२ वर्षीय रामशरण सापकोटालाई अवैध लागूऔषध गाँजा ४ किलो ३ सय ५ ग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुन्दरबजार र इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । 

बारा, जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलो ४ सय ग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ बस्ने ३१ वर्षीय दिपक बैजुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले बनेपाबाट पर्सा ठोरीतर्फ जाँदै गरेको ना.७ ख ७१३२ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित ६ जना पक्राउ
२०८१-०३-०३

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय ६० ट्याब्लेटसहित रौतहट सिमरा भवानिपुर नगरपालिका-९ बस्ने २४ वर्षीय अरूण कुमार चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले रौतहट गौरदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ख २९६१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार चौधरीलाई पक्राउ गरेको हो । चितवन, राप्ती नगरपालिका-११ डुम्रीखाडीबाट अवैध लागूऔषध गाँजा ४ किलो ९ सय ग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रत्ननगर नगरपालिका-११ बस्ने २४ वर्षीय मनोज गुरूङ र नवलपरासी गैंडाकोट नगरपालिका-५ बस्ने २४ वर्षीय सुशील पुन रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले थाकलटारबाट भण्डारातर्फ जाँदै गरेको ना. ५९ प ९९०८ नम्बरको मोटरसाइकलमा सवार दुवै जनालाई उक्त गाँजासहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चेक प्वाइन्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित बैजनाथ गाउँपालिका-२ बस्ने २१ वर्षीय प्रदिप कुमार बस्नेतलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालगंजतर्फ आउँदै गरेको भे.५ प ४५५३ नम्बरको स्कुटरमा सवार उनलाई पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध खैरो हेरोइन ४ सय ४० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका-६ बस्ने २४ वर्षीय शिसिर भण्डारी र २० वर्षीय निरज थारू रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८१-०३-०२

काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगरस्थित कविता फार्मेसी नामको औषधि पसलबाट नियन्त्रित लागूऔषध  ट्रामाडोल हाईड्रो कोलोराइड ६ सय ५० क्याप्सुलसहित फार्मेसी संचालक गोरखा पालुङ्टार नगरपालिका-४ घर भएकी २५ वर्षीया बिनिता कुमाललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले फार्मेसी तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-३२ कोटेश्वर सहयोगीनगर श्रीनगर गल्ली डेरा गरी बस्ने रुकुम पश्चिम त्रिवेणी गाउँपालिका-३ स्थायी घर भएका २६ वर्षीय दिपेन्द्र ओलीसमेत ३ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३८ हजार ९४ क्याप्सुलसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले  दिपेन्द्रको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ भन्सार ब्यारेलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित २ ग्राम ८ सय मिलिग्रामसहित बैतडी पाटन नगरपालिका-८ बस्ने २२ वर्षीय गणेश महरालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।पर्सा, पटेर्वा सुगौली गाउँपालिका-४ भथौडा टोलबाट अवैध लागूऔषध गाँजा २२ किलो ४ सय ९० ग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय अमित कुमार चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले अमितको गोठमा लुकाई छिपाई राखिएको उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।पर्वत, कुश्मा नगरपालिका-७ खरेहाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल हाईड्रो कोलोराइड १ सय ८५ क्याप्सुलसहित  सोही नगरपालिका-३ दुर्लुङ बस्ने १६ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी कुश्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बारा, निजगढ नगरपालिका-८ स्थित तामागढी गेटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १५ क्याप्सुलसहित ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने ३० वर्षीय बिकास रुम्बालप, सोही नगरपालिका-२ सिंगौल बस्ने २९ वर्षीय गोपाल श्रेष्ठ र २२ वर्षीय रुपेश मगर रहेका छन् । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले बिकासलाई उक्त लागूऔषधसहित पक्राउ गरेश्चात सोधपुछ गर्दा उक्त लागूऔषध खरिद गर्न आएका प्र.२-०३-००४ प ८९२१ नम्बरको मोटरसाइकलमा सवार गोपाल र रुपेशलाई समेत प्रहरीले पक्राउ गरेको हो ।  कञ्चनपुर, भिमदत्त नगरपालिका-१ शिवमन्दिर नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६० मिलिग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-६ बस्ने २९ वर्षीय निरज चौधरी र सोही नगरपालिका-८ बस्ने २१ वर्षीय अकबर डगौरा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूसँगै रहेका सोही नगरपालिका-८ बस्ने २१ वर्षीय सुमित चौधरीसमेतलाई जाँच गर्ने क्रममा सुमित फरार भएपश्‍चात सुमितको घर तलासी गर्दा खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ६० मिलिग्राम फेला पारी बरामद गरेको छ । हाल फरार सुमितको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८१-०३-०१

काठमाडौं, ३२ जेठ पर्सा, वीरगंज महानगरपालिका-१५ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब १ सय २ ग्रामसहित भारत मोतिहारी ग्राम लालाछापरा-१ बस्ने २५ वर्षीय महमद नेजामुदीनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले बाराबाट वीरगंजतर्फ जाँदै गरेको बिआर ०५ एवाई १३४६ नम्बरको कारलाई जाँच गर्ने क्रममा चालक महमदलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ८० मिलिग्रामसहित इलाम चुलाचुली गाउँपालिका-३ बस्ने ३० वर्षीय बिनोद ढुंगेललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीटंकीबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहरास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका-७ बस्ने २७ वर्षीय सन्जित रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यसैगरी, कैलाली गोदावरी नगरपालिका-३ चौकिडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम र माटोजस्तो देखिेने धुलो पदार्थ ३ ग्राम ६ सय ३० मिलिग्रामसहित कञ्चनपुर कृष्णपुर नगरपालिका-६ मझगैई बस्ने २५ वर्षीय आषिस चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । मोरङ, सुनवर्षी नगरपालिका-९ डाईनिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५६ ग्राम १३ मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत विहार अररिया, पोखरिया पञ्चायत-३ बस्ने १९ वर्षीय राहुल राजा र मोरङ सुनबर्षी नगरपालिका-९ बस्ने २४ वर्षीय आदर्श दास रहेका छन् । इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।सुनसरी, धरान उपमहानगरपालिका-११ बानडाँडा बस्ने २२ वर्षीया आयुषा राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घरबाट उक्त पदार्थसहित पक्राउ गरेको हो ।बाँके, नेपालगंज उपमहानगरपालिका-२ बागेश्‍वरी मन्दिर परिसरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्रामसहित भारत बहराईच बस्ने १८/१८ वर्षीय २ जना किशोरलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट संयक्त रूपमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-४ अनुपम टोल डेरा गरी बस्ने सोही महानगरपालिका-१० घर भएका २७ वर्षीय बाबु भन्ने सुशील लामालाई उनकै डेराकोठाबाट अवैध लागूऔषध गाँजा १२ किलोसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी पक्राउ गरेको हो ।बर्दिया, बढैयाताल गाउँपालिका-८ नयाँबस्तीस्थित सडकबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पर्दाथ ४ ग्राम ८ सय मिलिग्रामसहित बाँसगढी नगरपालिका-९ माछगढ बस्ने २२ वर्षीय खडक बहादुर थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८१-०३-०१

बारा, निजगढ नगरपालिका-८ स्थित तामागढी गेटबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोग्रामसहित मकवानपुर कैलाश गाउँपालिका-८ बस्ने २१ वर्षीय मनोज मोक्तानलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले रतनपुरबाट निजगढतर्फ आउँदै गरेको बा.प्र-०३-००५ प ६९१९ नम्बरको मोटरसाइकलका चालक मोक्तानलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै हाल फरार मोटरसाइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।  चितवन, रत्ननगर नगरपालिका-१६ खैरेनी टोल बस्ने ३२ वर्षीय अपनु श्रेष्ठलाई अवैध लागूऔषध गाँजा ६ किलोग्राम, एनारगन ५ सय ट्याब्लेट र ट्रामाडोल ४ सय ९७ ट्याब्लेटसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी पिठुवाबाट खटिएको प्रहरीले उनको घरबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ति चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४५ ट्याब्लेटसहित  मकवानपुर हेटौंडा उपमहानगरपालिका-१८ फुर्केचौर बस्ने २४ वर्षीय बिशाल थिङ्गलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको   छ । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको संयुक्त टोलीले भारत रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेका उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८१-०२-३१

मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले सुनसरी दुहबी नगरपालिका-४ बस्ने २० वर्षीय पारस चौधरी र झापा गौरादह नगरपालिका-२ बस्ने ३५ वर्षीय संजिव खड्कालाई २ ग्राम ५३ मिलिग्राम तथा मोरङ सुन्दर हरैचा नगरपालिका-४ बस्ने २१ वर्षीय मदन चौधरी र भोजपुर अरुण गाउँपालिका-१ बस्ने २० वर्षीय बिनोद सिवा परियारलाई ४१ ग्राम ३३ मिलिग्रामसहित पक्राउ गरेको हो । बाँके, नेपालगञ्ज उपमहानगरपालिका-६ रामनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२२ पुरैनी बस्ने २७ वर्षीय पम्पु धोबी र ४० वर्षीय सुकरेत रावत रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-७ बाबाथानबाट अवैध लागूऔषध चरेश १५ ग्राम ३ मिलिग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय सुरज सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै सोधपुछको क्रममा उक्त चरेश सोही नगरपालिका-२ पूर्णा टोल बस्ने ५० वर्षीय गणेश सिंह साउदबाट खरिद गरी ल्याएको खुल्न आएपछि गणेशको सोही ठाउँस्थित पसलबाट ६० ग्राम चरेश फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।