अन्य जानकारीहरु
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी
Mission Statement
"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"
-
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०३-२९रूपन्देही, रोहिणी गाउँपालिका-३ धकधई चोक नजिकबाट नियन्त्रित लागूऔषध स्पास्मो ३९ ट्याब्लेट र नाईट्रोसन ३ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २४ वर्षीय हलिम अन्सारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१४ मलाया रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ७४ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१२ बस्ने २३ वर्षीय रोशन लाल महत्तो र भारत बिहार अररिया फुल्का थाना-२ बस्ने २१ वर्षीय पवन कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको को.३० प ४१० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । कैलाली, गोदावरी नगरपालिका-२ तेघरीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ६० ट्याब्लेट सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय तपेश खड्का र धनगढी उपमहानगरपालिका-५ बस्ने २६ वर्षीय दिक्पाल स्वार रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१८ फुलबारी एफ गाउँ बस्ने २८ वर्षीय केदार बोहरालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ८ सय ६० मिलिग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२ पिपलबोटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५२ ट्याब्लेट सहित बकैया गाउँपालिका-३ हात्तिसुडे जलजले बस्ने २३ वर्षीय कुशल खड्कालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सिराहा, सिरहा नगरपालिका-१५ इट्टा भट्टाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७० मिलिग्राम सहित गोलबजार नगरपालिका-११ बस्ने २७ वर्षीय शषि कुमार साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बकुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ३ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-१२ चनौटे बस्ने जाजरकोट जुनिचाँदे गाउँपालिका-२ घर भएका २४ वर्षीय युबराज शाहीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-८ अरूण टोलबाट नियन्त्रित लागूऔषध ट्रामोल १ सय ६२ ट्याब्लेट र ट्रामाडोल ३ ट्याब्लेट सहित धरान उपमहानगरपालिका-८ बस्ने ३५ वर्षीय उज्वल तामाङ समेत ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०३-२९दाङ, ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-७ भुह्यारथान डेरा गरी बस्ने रूकुम पश्चिम चौरजहारी नगरपालिका-११ घर भएका ३५ वर्षीय बिर बहादुर वलीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिर बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
२०८२-०३-२९तनहुँ, म्याग्दे गाउँपालिका-५ साउनेपानी बस्ने ४० वर्षीय कमल रानाको कटेजमा जुवातास खेलिरहेको अवस्थामा कमल समेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार २ सय ६० रूपैयाँ र तास ४ बुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ]
हाईलाईटहरु
- प्राविधिक प्रहरी समूह, सूचना प्रविधितर्फ प्रवनानि र प्रनानि पदमा, केनाईनतर्फ प्रनानि पदमा, संगिततर्फ प्रसनि पदमा र आतभौतर्फ प्रह पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति२०८२।०३।२६ गते) ।
- प्रहरी सहायक निरीक्षक (जनपद) पदको विशेष स्वास्थ्य परीक्षणको नतिजा तथा सक्षमता परीक्षण र अन्तर्वार्ता तालिका प्रकाशन सम्बन्धी सूचना (२०८२-०३-२०)
- प्राचार्य नियुक्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना (२०८२-०३-१९)
- जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको ।
- जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको ।
- नेपाल पुलिस स्कुल, सामाखुसीको कक्षा ११ मा विधार्थी भर्ना सम्बन्धी सूचना
- प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूह तर्फका प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूको लिखित परीक्षा कार्यक्रम निर्धारण सम्बन्धी सूचना (२०८२-०३-१५)
रिपोर्ट तथा प्रकाशन
