अन्य जानकारीहरु
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी
Mission Statement
"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"
-
अवैध लागूऔषध सहित एक जना पक्राउ
२०८२-०३-१७झापा, भद्रपुर नगरपालिका-५ राजन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४९ मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमल गाउँपालिका-५ पाडाजुङी बस्ने २० वर्षीय पिजल धिमाल र सोही गाउँपालिका-२ बस्ने ३२ वर्षीय केशब राई रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
करिब १ हजार ७४ किलो गाँजा सहित चार जना पक्राउ
२०८२-०३-१७मकवानपुर, कैलाश गाउँपालिका-५ कटहरेबाट अवैध लागूऔषध गाँजा करिब १ हजार ७४ किलो २ सय ५० ग्राम सहित ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७३ वर्षीय हरि बहादुर वाइवा, ४८ वर्षीय बद्धि बहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले र १९ वर्षीय राजेन्द्र लामा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले हरि बहादुर, बद्धि बहादुर, अरूण, राजेन्द्र, सोही ठाउँ बस्ने गोकर्ण पौडेल, मान बहादुर मोक्तान र सोमलाल गोलेको घर तलासी गर्दा ५४ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार गोकर्ण, मान बहादुर र सोमलालको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-०३-१७झापा, बिर्तामोड नगरपालिका-३ भगवानचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-३ शिवालय टोल बस्ने २६ वर्षीय बिर बहादुर राजबंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, घोडाघोडी नगरपालिका-१ सुखडस्थित पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ २ किलो ७ सय १४ ग्राम सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हुम्ला सर्केगाड गाउँपालिका-५ बस्ने ३२ वर्षीय लोकेन्द्र बहादुर शाही र २७ वर्षीय सालु शाही रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न रोल्पा लुङग्री गाउँपालिका-७ बस्ने ३२ वर्षीय पुनम पुन मगरलाई समेत प्रहरीले पक्राउ गरेको छ । धादिङ, गल्छी गाउँपालिका-५ कोईलीखर्क बस्ने ४४ वर्षीय अर्जुन तामाङलाई अवैध लागूऔषध गाँजा करिब ४ किलो ७ सय ग्राम र पोलेन ४ किलो ८० ग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । सप्तरी, कञ्चनरूप नगरपालिका-७ आदर्श टोलबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो ८ सय ९२ ग्राम सहित उदयपुर बेलका नगरपालिका-६ बस्ने ३६ वर्षीय भुईदल राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले उदयपुरबाट सप्तरीतर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । साथै मोटरसाइकल सहित हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । सुनसरी, देवानगंज गाउँपालिका-३ यादव टोल बस्ने बिरेन्द्र यादवको घरबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो २ सय ८० ग्राम सहित २ जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । बिरेन्द्रको घरमा गाँजा लुकाई छिपाई राखिएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ]
हाईलाईटहरु
- जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको ।
- जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको ।
- नेपाल पुलिस स्कुल, सामाखुसीको कक्षा ११ मा विधार्थी भर्ना सम्बन्धी सूचना
- प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूह तर्फका प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूको लिखित परीक्षा कार्यक्रम निर्धारण सम्बन्धी सूचना (२०८२-०३-१५)
- प्रहरी जवान (प्राविधिक) पदको विस्तृत स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८२-०३-११)
- टहरा भाडामा लिने/दिने सम्बन्धी प्रस्ताव पुस्तिका
- जनपद प्रहरी समूहतर्फको प्रहरी जवान पदको माग पद संख्या थप गरिएको सम्बन्धी सूचना (२०८२-०३-०६)
रिपोर्ट तथा प्रकाशन
