प्रहरी तालीम केन्द्र दिपायल

Article Index

सेती अञ्चल डोटी जिल्ला दिपायल सिलगढी नगरपालिका वडा नं. १० घाडी स्थित सेती नदीको किनारमा अवस्थित यो प्रहरी तालीम केन्द्र तत्कालिन मन्त्री नारायण दत्त भट्ट र तत्कालिन प्रहरी नायव महानिरीक्षक हेम बहादुर सिंहज्यूको सक्रियतामा वि.स.२०३९ साल कार्तिक १ गते स्थापना भएको हो । यसको क्षेत्रफल ८१ रोपनी (क्षे.प्र.का, क्षे.प्र.अ.र नं.१ गुल्म) रहेको छ । यसको पूर्वमा कोटभैरव मन्दिर तथा ऐतिहासिक प्राचीन दरवारको भग्नाबशेष, पश्चिममा दिपायल विमानस्थल, उत्तरमा प्रहरीबाट संरक्षित तालीम केन्द्र परिसरमा जोडिएको जंगलयुक्त पहाड र दक्षिणमा दिल्पेश्वर महादेवको मन्दिर रहेको छ ।
प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयको तालीम सम्वन्धि नीति, निर्देशन र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्राज्ञिक कृयाकलापलाई आत्मसात गरी क्षे.प्र.का. दिपायलको प्रशासनिक नियन्त्रणमा रहने गरी यस सुदुर पश्चिम क्षेत्रीय प्रहरी तालीम केन्द्र दिपायलले प्रहरी संगठनले कल्पना गरे अनुरुप सक्षम, ईमान्दार, अनुशासित, पेशागत दक्षतायुक्त व्यावसायिक प्रहरी जनशक्ति उत्पादन गर्न, प्रहरीमा भर्ना तथा छनौट भएका प्रहरी कर्मचारीहरुलाई आधारभूत र सेवारत प्रहरी कर्मचारीहरुलाई उन्नत तथा अनुशिक्षण तालीम प्रदान गर्ने उद्देश्य लिएकोछ  ।
यस केन्द्रको प्रत्यक्ष मातहतमा बुडर स्थित छतिवन गा.वि.स.वडा नं.–४ डोटी जिल्लामा रहेको प्रहरी प्रशिक्षणस्थल बुडरको भौतिक पुर्वाधारको जगेर्ना गर्दै प्रहरी प्रशिक्षणस्थल बुडरलाई स्तरोन्नति गरि क्षेत्रीय प्रहरी तालीम केन्द्रको रुपमा विकसित गर्ने लक्ष्य राखिएकोछ ।