अत्याधिक चिसोको कारण मृत्यु

सप्तरी, २८ पुस
सुरुङगा नगरपालिका–१ चहका बस्ने ५१ वर्षीय अम्मरबहादुर पुलामीको अत्याधिक चिसोको कारण बिहीबार मृत्यु भएको छ ।
यसैगरी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुवा बस्ने ६५ वर्षीया शान्तीदेवी यादवको अत्याधिक चिसाको कारण बिहीबार मृत्यु भएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।