बेहोश भई मृत्यु

काठमाडौ, २८ पुस
गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित सिद्धार्थ बैङ्कको पेटिमा हाल नाम, थर, वतन नखुलेका करीब ५५ वर्षीय पुरुष व्यक्ति बेहोस फेला परेकाले शंखरापुर अस्पताल नारायणटार लगेकोमा उपचारको क्रममा बिहीबार मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।