गाई काटेको अभियोगमा पक्राउ

नवलपरासी, २८ पुस
गैंडाकोट नगरपालिका–३ करडिप बस्ने ४९ वर्षीय चन्द्रबहादुर गुरुङलाई गाई काटेको अभियोगमा बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
गाई काटेको खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले गुरुङलाई हँसियाले गाईको गर्धन काटी मारेको अवस्थामा फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।