लुकाई ल्याएको सुन सहित पक्राउ

काठमाडौ, २८ पुस
गोरखाको च्याङ्गली घर भएका २७ वर्षीय बिज्ञान नेपाली र पाल्पाको साटिने घर भएका ४० वर्षीय गुणबहादुर सारुलाई लुकाईछिपाई ल्याएको करीब २ सय ६५ ग्राम सुन जस्तो देखिने पहेलो धातुको बाला ४ थान सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
दोहाबाट काठमाडौ आगमन भएका उनीहरुको साथमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट सो बाला फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।