आगलागीबाट धनमाल क्षति

काठमाडौं, २८ पुस
कास्की : पोखरा लेखनाथ महानगरपालिका–५ बुधबारे घर भएकी ३६ वर्षीया रमा श्रेष्ठको घरमा शुक्रबार ग्यास लिक भई आगलागी हुँदा करीब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
मकवानपुर : मनहरी गाउँपालिका–८ सिमपानी बस्ने दिलबहादुर थिङको घरमा शुक्रबार बिजुली सर्ट भई आगलागी हुँदा थिङ लगायत ३ जनाको घर जलेर सम्पूर्ण सामान नष्ट भई करीब ८ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
मुस्ताङ : घरपझोङ गाउँपालिका–२ मार्फा चोक बस्ने डमबहादुर तिलाजाको कच्ची घरमा शुक्रबार आगो बाल्ने क्रममा आगलागी हुँदा घर भित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट भई करीब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
स्थानीयबासीहरुको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।