एफपियू प्रि–डिप्लोएमेन्ट तालिम उद्घाटन

काठमाडौं, २८ पुस
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा केन्द्रीय प्रहरी विशेष कार्यदल कपनमा एफपियू प्रि–डिप्लोएमेन्ट (MINUJUSTH) हाइटी २३ औँ समूहको तालिम शुक्रबार सोही कार्यदलमा आयोजित एक कार्यक्रमबीच उद्घाटन भएको छ ।
उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रहरी बरिष्ठ उपरीक्षक निरजबहादुर शाहीले नेपाल प्रहरीको निम्ति यस मिसन अवसर र चुनौतिका रुपमा रहेकाले प्रशिक्षार्थीहरुलाई सामुहिक भावनाका साथ अनुशासित एवं लगनशील भई तालिम सम्पन्न गर्न निर्देशन दिनुभयो ।
तालिम संयोजक प्रहरी नायव उपरीक्षक बेद विष्टले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४८ कार्य दिन रहने उक्त तालिममा प्रहरी उपरीक्षक १, प्रहरी नायव उपरीक्षक ४, प्रहरी निरीक्षक ८, प्रहरी नायव निरीक्षक १७, प्रहरी सहायक निरीक्षक १०, प्रहरी हवल्दार ३७, प्रहरी जवान ४६ र प्रहरी कार्यालय सहयोगी ५ जना गरी कूल १ सय २८ जना प्रशिक्षार्थीको तालिममा सहभागिता रहेको जानकारी दिनुभयो ।
समारोहमा केन्द्रीय प्रहरी विशेष कार्यदलका प्रमुख तथा सो तालिमका कन्टिजेन्ट कमाण्डर प्रहरी उपरीक्षक शुशीलकुमार यादवले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।