चिसोको कारण मृत्यु

काठमाडौं, २९ पुस
रौतहट : गढिमाई नगरपालिका–२ समनपुर बस्ने स्थानीय समनपुर बजारमा मागी खाई हिँड्ने गरेका ६० वर्षीय बिश्वनाथ पासवानको चिसोको कारण शनिबार मृत्यु भएको छ ।
यसैगरी रौतहटकै कटहरिया नगरपालिका–६ दुधिहवा भार टोलमा बस्दै आएकी माधवनारायण नगरपालिका–७ लौकाहाकी ६५ वर्षीया धुपलीदेवी साहको घरमै सुतिरहेको अबस्थामा चिसोको कारण शुक्रबार मृत्यु भएको छ ।
यसैगरी रौतहटकै कटहरिया नगरपालिका–५ कटहरिया टोल बस्ने ६५ वर्षीय शेख इद्रिसको आफ्नै घरमा सुतिरहेको अबस्थामा चिसोको कारण शुक्रबार मृत्यु भएको छ ।
सप्तरी : हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेज क्षेत्रमा मागी खाई हिँडने सुनसरीको ईनरुवा नगरपालिका–१ शान्ती चोकका ४० वर्षीय ढुण्डीराज पोख्रेल चिसोको कारण बाटैमा मृत्यु भएको अवस्थामा शुक्रबार फेला परेका छन् ।
यसैगरी सप्तरीकै डाक्नेश्वरी नगरपालिका–८ बिसरिया बस्ने ७० वर्षीया शुभावतीदेबी सरदार सुतिरहेको अवस्थामा चिसोको कारण शुक्रबार मृत्यु भएको छ ।
सिराहा : धनगढीमाई नगरपालिका–१३ सिम्ले बस्ने ३५ वर्षीया जिवछी मुखीया र नवराजपुर गाउँपालिका–२ मझौरा बस्ने ६८ वर्षीया बिल्टुनियादेवी शहाको चिसोको कारण शुक्रबार मृत्यु भएको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।