विभिन्न धनमाल चोरी

काठमाडौं, १ फागुन
काठमाडौं : काठमाडौं महानगरपालिका–६ बौद्ध कुमारीगल खरिबोट डेरा गरी बस्ने ईन्द्रलाल बिष्टको कोठाबाट सोमबार सुनका बिभिन्न गरगहना गरी १ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
काठमाडौं : टोखा नगरपालिका–८ जाल्पाचोकस्थित किराना पसल संचालन गरेका सोलुखुम्बु घर भएका केशव बहादुर खड्काको पसलबाट नगद १ लाख १० हजार रुपैयाँ तथा अन्य सरसामान समेत गरि १ लाख २३ हजार ७ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।