सुनको सिक्री लुटपाट

काठमाडौं, १ फागुन
टोखा नगरपालिका–९ बुद्धटोलस्थित बा.२ ज ३०६० नम्बर ट्याक्सीमा गंगबुबाट बुद्धटोल जाँदै गरेकी कास्कीको गण्डकी नगरपालिका–४ घर भएकी सपना भुजेलको १ तोलाको सुनको सिक्री र सोही ठाउँ बस्ने पुजा भुजेलको सामसुङ कम्पनीको १ थान मोवाईल लुटपाट भएको छ ।
नम्बर नखुलेको ट्याक्सीमा आएका ३/४ जना अपरिचित ब्यक्तिहरुले लुटपाट गरी फरार भएका थिए ।
फरार ब्यक्तिहरुको प्रहरीले खोजतलास गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।