लागूऔषध गाँजा सहित पक्राउ

मकवानपुर, १ फागुन
पर्साको सखुवा प्रर्सौनी गाँउपालिका–१ बस्ने ५५ बर्षीय बिश्वनाथ चौधरीलाई २ केजी ५० ग्राम लागुऔषध गाँजा सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
हेटौडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौडाबाट बारातर्फ जाँदै गरेको ना.५ख ४९४० नम्बरको बस जाँच गर्ने क्रममा चौधरीले बोकेको निलो झोलामा रहेको उक्त गाँजा फेला पारी पक्राउ गरेको छ ।
यसैगरी हेटौडा गढी गाँउपालिका–५ बुंदोल बस्ने ७३ बर्षीय लालमान ब्लोनलाई उनकै घरबाट १ किलो ६० ग्राम लागुऔषध गाँजा सहित प्रहरीले सोमबार पक्राउ गरेको छ । साथै प्रहरीले सोही ठाउँ बस्ने बिरमान मोक्तानको केराबारी भित्र लुकाई राखेको ३ किलो ६ सय २० ग्राम लागुऔषध गाँजा बरामद गरेको छ । मोक्तानलाई प्रहरीले खोजतलास गरिरहेको छ ।
त्यसैगरी बाराको जितपुर नगरपालिका–८ बस्ने २८ बर्षीय जगदिश राम र २० बर्षीय राजन साहलाई ४ किलो २ सय ग्राम लागुऔषध गाँजा सहित प्रहरीले सोमबार पक्राउ गरेको छ ।
हेटौडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टमा ईलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरी टोलीले हेटौडाबाट बारातर्फ जाँदै गरेको ना.६ख ९४२४ नम्बरको बस जाँच गर्ने क्रममा सोही बसमा सवार उनीहरुलाई गाँजा सहित फेला पारी नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।