सामुदायिक प्रहरी कमाण्ड पोष्ट तथा खोजखवर कक्ष सञ्चालन गरी सेवा पुर्यादइएको

काठमाडौं, १ फागुन
महाशिवरात्रीको २०७४ का अवसरमा भगवान श्री पशुपतिनाथको मन्दिर परिसरमा आउनुहुने श्रद्धालु भक्तजनहरुलाई सुरक्षा एवं बिबिध मानवीय सेवा पुर्या उने उद्धेश्यले सामुदायीक सेवा केन्द्र चावहिल लगायतको सहभागितामा पशुपति क्षेत्र परिसरमा मंगलबार सामुदायिक प्रहरी कमाण्ड पोष्ट तथा खोजखबर कक्ष सञ्चालन गरी सेवा पु¥याइएको छ ।
उक्त पोष्ट मार्फत नेपाल प्रहरी अस्पताल महाराजगञ्जका चिकित्सकहरुद्धारा ४० जनालाई स्वास्थ्य सेवा पु¥याइएको थियो । भिडमा हराई अभिभावकबाट सम्पर्कविहनि भएका ७७ जनालाई खोजी गरी सम्बन्धित अभिभावकलाई जिम्मा लगाउनुको साथै थप मानविय सेवा कार्य समेत गरिएको थियो । साथै कमाण्ड पोष्टमा भक्तजनहरुले सहयोगको लागि आग्रह गरेकोमा उनीहरुलाई आवश्यक समन्वय र सहयोग समेत प्रदान गरिएको थियो ।
सो भीडमा पाकेटमारी गर्ने ३५ जनालाई समेत कमाण्डपोष्टको प्रहरीले पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत गौशाला बुझाएको छ ।