गोली प्रहारबाट घाइते

कैलाली, २९ फागुन
घोडाघोडी नगरपालिकाका मेयर सोही नगरपालिका–१ बस्ने ममताप्रसाद चौधरीलाई आफ्नै घरमा बसिरहेको अवस्थामा सोमबार साँझ अपरिचित व्यक्तिहरुले गोली तथा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाई फरार भएका छन् ।
मेयर चौधरीको घोडाघोडी अस्पताल सुख्खडमा सामान्य उपचार पश्चात मेडिकल कलेज कोहलपुर बाँके लगि उपचार भइरहेको छ । घटनास्थलबाट से.२ प ३६७१ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।
गोली प्रहार गर्ने समूहको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।