अवैध लागूऔषध चरेस सहित पक्राउ

काठमाडौं, २९ फागुन
काठमाडौं महानगरपालिका–२ लाजिम्पाटस्थित इम्पेरीयल क्याफे एण्ड रेष्टुरेण्ट रहेको घरको पहिलो तलाबाट नवलपरासी गैंडाकोट नगरपालिका–१० बस्ने रोल्पा तालवाङ गाउँपालिका–५ का ३२ वर्षीय बिजय घर्तीमगर र कास्की पोखरा बस्ने म्याग्दी मङ्गला गाउँपालिका–३ का ३० वर्षीय सुमन रोक्कामगरलाई झोलाभित्र ५ पोकामा लुकाई राखेको लागूऔषध चरेश करीव ५ किलोसहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।