आगलागीबाट धनमाल क्षति

काठमाडौं, २९ फागुन
नवलपरासी : रामग्राम नगरपालिका–११ जमुवाडस्थित एभरग्रिन प्लाई फ्याक्ट्रीमा प्लाई बनाउनको लागि तेल तताउने क्रममा मंगलबार कच्चापदार्थ पाईनरबाट आगलागी हुँदा करीव ४० लाख रुपैयाँ वरावरको धनमाल जलेर क्षति भएको छ ।
रोल्पा : सुबर्णावती गाउँपालिका–४ बाग्मा बस्ने टेकबहादुर डाँगीको कच्ची घरमा मंगलबार आगलागी हुँदा घर, ५ बाख्रा र ५ कुखुरा जलेर करीव ३ लाख ७२ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
बाग्लुङ : ताराखोला गाउँपालिका–५ करिमेला बस्ने छमबहादुर रोक्काको कच्ची घरमा मंगलबार आगलागी हुँदा घर, अन्नपात, भाडाबर्तन, लत्ताकपडा, ७ बाख्रा र केही कुखुरा जलेर करीव ६ लाख २० हजार रुपैयाँ बरावरको धनमाल क्षति भएको छ ।
सिन्धुपाल्चोक : बाह्रविसे नगरपालिका–९ राम्चेस्थित श्री तपाई हाम्रो नमुना साना किसान सहकारी संस्थामा मंगलबार बिद्युत सट भई आगलागी हुँदा फर्निचर, कम्प्युटर, एलइडि र कागजपत्र लगायतका सामाग्री जलेर करीव ५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
स्थानीय प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रण गर्नुको साथै घटनाका सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।