लागूऔषध सहित पक्राउ

काठमाडौं, २९ फागुन
चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेकप्वाइन्टमा सवारी साधन जाँच गर्ने क्रममा धादिङ्गबाट काठमाडौँ आउँदै गरेको बा.३ ख ५०९१ नम्बरको यात्रुबाहक बसमा सवार सप्तरी कृष्णश्रवण गाउँपालिका–७ का ३२ वर्षीय अमित चौधरीलाई झोलामा लुकाई छिपाई ल्याउँदै गरेको लागूऔषध नोरफिन ५१ एम्पुल, डाइजेल्याव ५१ एम्पुल र फेनारगन ५१ एम्पुल सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।