सवारी दुर्घटनामा मृत्यु तथा घाइते :

काठमाडौँ, ३ बैशाख
    बाग्लुङ : बागलुङ नगरपालिका–१० भकुण्डे गलुवा स्थित बा.१त २८ नम्बरको खाली ट्याक्टर आइतबार पल्टेर दुर्घटना हुदाँ ट्याक्टर चालक सोही ठाउँ बस्ने २३ बर्षीय बल बहादुर थापा र सह–चालक काठेखोला गाउँपालिका–७ बस्ने २८ बर्षीय ओम थापा घाइते भएकोले उपचारको लागि धौलागिरी अञ्चल अस्पताल पठाइएकोमा चालक थापाको मृत्यु भएको छ ।
    सिन्धुली : सुनकोशी गाउँपालिका–२ मझुवा बगर स्थित बि.पि.राजमार्गमा ज.३प ६३५५ नम्बरको मोटरसाइकल आइतबार अनियन्त्रित भई दुर्घटना हुँदा चालक महोत्तरी बर्दिबास नगरपालिका–३ गौरीडाँडा बस्ने २७ बर्षीय कृष्ण हरि सुबेदी गम्भीर घाइते भएकोले उपचारको लागि धुलिखेल अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
    चितवन : ईच्छाकामना गाउँपालिका–४ लेवाटर स्थित राजमार्गमा ना.३ख ७६०५ नम्बरको ट्रकले पैदलयात्री सुनसरी बराह नगरपालिका–४ बस्ने २४ बर्षीय मंगल सदालाई ठक्कर दिदाँ गम्भीर घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल भरतपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।  ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    धादिङ : थाक्रे गाउँपालिका–७ दश किल्लो स्थित राजमार्गमा ना.५ख २४६७ नम्बरको यात्रुबाहक बस र ना. ६ ख ६५११ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा दुबै सवारी साधनका चालक सहित २२ जना घाइते भएकोले उपचारको लागी धार्के अस्पतालमा पठाइएकोमा १५ जनालाई थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौँ लैजाने क्रममा ललितपुर सातदोबाटो बस्ने २५ बर्षीय  मनोज खड्गीको बाटोमा र रौतहट गरुडा नगरपालिका–९ बस्ने १६ बर्षीया आईष्मा भट्टराईको गणेशमान मेमोरियल अस्पताल महालक्ष्मीस्थान ललितपुरमा उपचारको क्रममा मृत्यु भएको छ । अन्य घाइतेहरुको महादेववेशी पोली क्लिनिकमा उपचार भइरहेको   छ ।
    दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।