जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ :

ललितपुर, ३ बैशाख
    जबरजस्ती करणी गरेको अभियोगमा बाग्मती गाउँपालिका–२ बस्ने २५ बर्षीय शेखर लामिछानेलाई प्रहरीले पक्राउ गरेको   छ ।
    लामिछानेले सोही ठाउँ बस्ने २१ बर्षीया महिलालाई सोही ठाउँ स्थित बासुने जंगलमा घाँस दाउरा काट्न जाने क्रममा आइतबार जबरजस्ती करणी गरेको बताइएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।