कटुवा पेस्तोल र गोली सहित पक्राउ :

बाँके, ३ बैशाख
    जानकी गाउँपालिका–४ बस्ने ३६ बर्षीय प्रमोद कुमार चमारलाई प्रहरीले कटुवा पेस्तोल १ थान र सोको गोली ३ राउण्ड सहित पक्राउ गरेको छ ।
    चमारले भे.३प४३४ नम्बरको मोटरसाइकलमा हतियार ल्याउँदै गरेको सूचना प्राप्त हुनासाथ संघीय प्रहरी ईकाई कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले आइतबार नेपालगंज उपमहानगरपालिका–२० मनकामना ग्याँस उधोग नजिकबाट उनलाई चेक गर्दा उक्त कटुवा पेस्तोल र गोली बरामद भएको थियो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।