आगलागीबाट धनमाल क्षति :

काठमाडौँ, ३ बैशाख
    खोटाङ : दिप्रुङ गाउँपालिका–४ बस्ने निशान राईको फुसको छानो भएको घरमा सोमबार आगलागी हुँदा घरका लत्ताकपडा, अन्नपात लगायतका सम्पूर्ण सामानहरू जलेर करीव २ लाख रुपैयाँ बराबरको क्षति भएको छ । राईका ३ बर्षीय छोरा हिटलर राई आगोले पोलेर घाइते भएकोले उपचारको लागि धरान घोपातर्फ पठाइएको छ ।
    नवलपरासी : विनयी त्रिवेणी गाउँपालिका–६ केउलानी बस्ने ४५ बर्षीय रामनाथ चमारको टायलले छाएको  घरगोठमा गएराति आगलागी हुँदा २ खसी, ८ बाख्रा, ३ थान साइकल, भाडावर्तन गरी करीव १ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
    ताप्लेजुङ : याङवरक गाउँपालिका–१ नाङखोल्याङ बस्ने लक्ष्मण राईको फुसको छानो भएको घरमा सोमबार  आगलागी हुँदा करीव २ लाख १० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
    स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगो नियन्त्रण गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।