सवारी दुर्घटनामा मृत्यु तथा घाइते :

काठमाडौँ, ३ बैशाख
    रौतहट : यमुनामाई गाउँपालिका–२ भेडियाहीस्थित चपुर–गौर सडक खण्डमा विआर ३० ई ०३३५ नम्बरको स्कारपिओ गाडी सोमबार दुर्घटना हुँदा चालक गढिमाई नगरपालिका–७ बस्ने ३५ बर्षीय सन्तोष पाल सहित ३ जना गम्भीर घाइते भएकाले उपचारको लागि शिवदर्शन अस्पताल सुकदेवचौक पठाइएकोमा उपचारको क्रममा चालक पालको मृत्यु भएको छ । घाइतेमध्ये गरुडा नगरपालिका–८ बस्ने ४३ बर्षीय लक्ष्मण पाललाई उपचारको लागि वीरगंजतर्फ र माधवनारायण नगरपालिका–५ बस्ने ४२ बर्षीय रामबाबु राउतलाई भरतपुरतर्फ पठाइएको छ ।
    रुपन्देही : रोहीणी गाउँपालिका–३ स्थित सडकमा लु.२६ प ४२०३ नम्बरको मोटरसाइकलले पैदलयात्री नवलपरासी पाल्हीनन्दन गाउँपालिका–८ बस्ने ८ बर्षीय सोनु बरामलाई सोमबार ठक्कर दिँदा टाउकोमा चोट लागेर गम्भीर घाइते भएकोले उपचारको लागि मेडिकल कलेज भैरहवा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    गोरखा : आरुघाट गाउँपालिका–१० डाँडागाउँस्थित भित्री सडकमा लु.३ त ६४१४ नम्बरको ट्याक्टर सोमबार सडकदेखि करीव २५ मिटर तल खसेर दुर्घटना हुदाँ ट्याक्टरका साहु अर्वाङ बस्ने ३२ बर्षीय राजेश सापकोटाको इन्जिनको भागले च्याप्दा घटनास्थलमै मृत्यु भएको छ । फरार चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
    दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।