लागूऔषध गाँजा सहित पक्राउ

मकवानपुर, २ जेठ
    राक्सिराङ गाउँपालिका-४ भिमटार बस्ने २७ बर्षीय सुदीप कोइराला र सोही ठाउँ बस्ने ३२ बर्षीय रामकृष्ण भोलनलाई लागूऔषध गाँजा करीब १ सय ५० केजी सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।
    प्रहरी चौकी लेबटबाट खटिएको टोलीले शंका लागि उनीहरूको घर लतासी गर्दा उक्त परिमाणको गाँजा फेला परेपछि गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।