आगलागीबाट धनमाल क्षति

सिन्धुली, २ जेठ
    कमलामाई नगरपालिका-६ रातामाटा बस्ने गंगाकुमारी बस्नेतको कच्ची घरमा बुधबार बिद्युत सर्ट भई आगलागी हुँदा घर लगायतका सामान जलेर करीव २० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
    प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएर आगलागीका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।