सवारी दु्र्घटनामा घाइते

सल्यान, २ जेठ
    शारदा नगरपालिका-१ पटनेरीमा खलङ्गाबाट श्रीनगरतर्फ जाँदै गरेको ना.६ ख २५०५ नम्बरको बस र ना.५ ख ७७५० नम्बरको बस बुधबार एकआपसमा ठोक्किँदा दुबै बसमा सवार ४१ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये कुमाखमालिका गाउँपालिका-३ बस्ने १२ वर्षीय संतोष थापा र सोही नगरपालिका-१ श्रीनगर बस्ने २१ वर्षीय हरि रोक्का समेत ५ जनालाई नेपालगन्ज रिफर गरिएको छ भने अन्यको स्थानिय मेडिकल श्रीनगरमा उपचार भइरहेको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।