सर्पले टोकेर मृत्यु

बर्दिया, २ जेठ
    आफ्नो घरबाट ठूलीआमाको घरमा सुत्न जाने क्रममा मंगलबार राति बाटैमा सर्पले टोकेर गम्भीर घाइते भएका मधुवन नगरपालिका-५ दसनम्बर टोल बस्ने लालबहादुर नेपालीको छोरा ६ वर्षीय शिव नेपालीको उपचारको लागि जिल्ला अस्पताल गुलरियातर्फ लैजाने क्रममा बुधबार बाटोमै मृत्यु भएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।