जहाज दुर्घटनामा पाइलट र को-पाइलटको मृत्यु

सुर्खेत, २ जेठ
    बिमानस्थल सुर्खेतबाट हुम्ला सिमिकोटको लागि कार्गो लिई उडेको मकालु एअरको जहाज बुधबार दुर्घटना हुँदा जहाजका पाइलट किरण भट्टराई र को-पाइलट आदित्य नेपालको मृत्यु भएको छ ।
    उक्त जहाज हुम्लामा ल्याण्ड नभई सम्पर्क बिहिन भएपछि सिम्रीक एअरको हेलिकप्टर र त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट नेपाली सेनाको हेलिकप्टरद्वारा खोजी गर्ने क्रममा हुम्लाको खार्पुनाथ गाउँपालिका-२ स्थित राया र थलीको बिचमा पर्ने एक्लाभुज भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
    दुर्घटनाका सम्बन्धमा थप उद्दार कार्य एवम् आवश्यक अनुसन्धान भइरहेको छ ।