कर्तब्यज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ

पर्सा, २ जेठ
    पर्सा जिल्ला अदालतको २०६७ असार २७ गतेको फैसलाले ३ हजार रुपैयाँ जरीवाना तोकिएको कर्तब्यज्यान मुद्दामा फरार  प्रतिबादी पर्सा वीरगंज महानगरपालिका-१७ अलौ बस्ने कैलाश साह तुरहालाई आफ्नै गाउँघरमा लुकीछिपी बसेको अवस्थामा मंगलबार प्रहरीले फेला पारी पक्राउ गरेको छ ।
    उनलाई फैसला कार्यान्वयनका लागि पर्सा जिल्ला अदालतमा पेस गराइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ  ।