करेन्ट लागेर मृत्यु

काठमाडौं, ३ जेठ
    मोरङ : सिटी सफारीको व्याट्री चार्ज गर्ने क्रममा बुधबार करेन्ट लागेर गम्भीर घाइते भएकी रंगेली नगरपालिका-१ बबियाबिर्ता बस्ने ४० बर्षीय नहेनश्वरी राजबंशीको उपचारको लागि स्थानीय कटेल क्लिनिकमा लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । व्याट्री चार्ज गर्ने क्रममा सोही ठाउँ बस्ने कुस्मी राजबंशी समेत करेन्ट लागेर घाइते भएकीले उपचारको लागि बिराटनगरतर्फ पठाइएको छ ।
    सुनसरी : घर नजिकै बिजुलीबाट मोटर चलाई पानी लगाउने क्रममा बुधबार करेन्ट लागेर बेहोस भएका रामधुनी नगरपालिका-२ कालोझोडा बस्ने ३२ बर्षीय जयराम चौधरीको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको छ ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।