डुबेर मृत्यु

काठमाडौं, ३ जेठ
    जाजरकोट : नलगाड नगरपालिका-७ बस्ने लालबहादुर चुनाराको १७ बर्षीय छोरा गोबिन्द चुनाराको बुधबार नलसिङगाड खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ ।
    नुवाकोट : सूर्यगढी गाउँपालिका-२ बोहोरे बस्ने कुमार धमलाको १८ महिनाको छोरा नारायण धमला आफ्नै घरमा भएको बाल्टिनको पानीमा डुबेर बुधबार मृत्यु भएको छ ।
    बारा  : सिमरा उपमहानगरपालिका-१४ बोरीड बस्ने ३२ बर्षीय सुमिना परियारको घर नजिकै बारीमा बुधबार घाँस काटने क्रममा पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।